वीरगन्जमा आज कोरोना संक्रमित दुई जनाको मृत्यु

वीरगन्जमा कोरोना भाइरस संक्रमणको कारण थप बुधबार दुई जनाको मृत्यु भएको छ।

अस्पतालमा उपचाररत दुई पुरुषको एकै दिन ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका-४ बिर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगन्ज महानगरपालिका-१३ भिस्वा बस्ने ५७ वर्षीय पुरुष रहेका छन्।

एक जनाकाे मृत्यु भएपछि कोरोना भाइरस पोजेटिभ पुष्टि देखिएको हो भने अर्को पोजेटिभ पुष्टि भएर कोभिड अस्पतामा मृत्यु भएका हुन्।

जिल्ला प्रशासन कार्यालय पर्सा अनुसार मृत्यु भएका बिर्ता निवासी ८४ वर्षीय पुरुष गत साउन २७ गतेदेखि नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा उपचार क्रममा गएराति साढे १० बजे  आइसियुमा उपचार गर्दा गर्दै मृत्यु भएको छ।

यसैगरी भिस्वाका ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न साढे ३ बजे नारायणी अस्पतालमा मृत्यु भएको थियो।

मृत्युपछि नारायणीको प्रयोगशालामा जिन एक्सपर्ट टेस्ट गर्दा नतिजा कोरोना पोजेटिभ आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय