मोरङका जिल्ला स्वास्थ्य कार्यालय प्रमुखलाई काेराेना संक्रमण पुष्टि

हेल्थपाेस्ट/विराटनगर
प्रकाशित
२०७७ भदौ ३ गते १२:५८

मोरङका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा विराटनगरको कोभिड-१९ आइसोलेसन अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कार्यालयका एक सहकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनी होम क्वारेन्टाइनमा थिए। उनीसहित अर्का सहकर्मीलाई पनि कोरोनाजस्तै लक्षण देखिएपछि उनीहरूले पिसिआर परीक्षण गराएका थिए।

नतिजा पोजेटिभ आएपछि कार्यालयका सहकर्मीसहित उनी होम आइसोलेसनमा छन्। सुरुका संक्रमित भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्।

बस्नतेले अहिलेसम्म आफूलाई ज्वरो आइरहेको जानकारी गराएका छन्। उनको कार्यालयका अरु दुुई कर्मचारीको स्वास्थ्य पनि सामान्य रहेको जानकारी दिए।

कोसी कोभिड–१९ अस्पतालमा संक्रमित मात्र राखेर उपचार गरिन्छ। त्यहाँ आवश्यक पर्ने मेडिकलबाहेक सम्पूर्ण सामग्री बस्नेतकै जिम्मामा हुन्छ।

‘कोभिड अस्पतालमा त अरु कसैलाई संक्रमण भएको छैन। समुुदायमै फैलिइसकेको हुँदा बाहिर कहाँबाट सर्यो पत्तै भएन,’ बस्नेतले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय