फ्याक्चर खुट्टासँगै दिनभर खटिन्छन् ल्याब टेक्निसियन

भदौ १ केही सातादेखि चितवनमा कोरोना संक्रमित बिरामीको संख्या ह्वात्तै बढेको छ। त्यही अनुपातमा पीसीआर परीक्षण गराउनेहरू पनि बढिरहेका छन्।

जसकारण अहिले भरतपुर कोभिड–१९ प्रयोगशालाका टेक्नोलोजिस्टलाई कामको चाप उच्च छ।

उनीहरू आफ्नो घाइते शरीर लिएर बिहान ६ बजेदेखि राति १२ बजेसम्म काममा खटिएका छन्।  प्रयोगशालामा काम गर्ने तीन जना ल्याब टेक्नोलोजिस्ट घाइते छन्।

चिकित्सकले आराम गर्न भने पनि उभिएर बायोसेफ्टी केभिनेट मेसिन चलाउनु उनीहरूको दैनिकी हो।

‘साउन १७ गते अस्पतालले हामीलाई बस्नका लागि व्यवस्थापन गरेको होटलमा चिप्लिएर लड्न पुगेँ।

मेरो मोटो शरीरलाई खुट्टाले पनि धान्न सकेन, पल्टिए !,’ प्रयोगशाला स्थापना देखिनै काम गर्दै आएका विश्वास न्यौपानेले भने, ‘मेरो खुट्टाको लिगामेन्ट फ््याक्चर भएको छ।’

उनलाई चिकित्सकले त्यतिखेर नै १४ दिन आराम गर्न भनेका थिए। तर, प्रयोगशालामा अत्यधिक काम भएकाले एक दिन पनि आराम गरेनन्। खुट्टाको पीडा सहेर पनि कोभिड–१९का विरुद्ध लड्न अग्रसर नै भए।

‘साउन १४ गते नै निर्माणधीन बाइपासरोडमा मोटरसाइकल पल्टिँदा दुई जना साथी घाइते हुनुभएको थियो।

उहाँहरू ल्याबमा जाने अवस्था नै थिएन। अनि म पनि नहुँदा त परीक्षणमा समस्या पर्ने भयो,’ चितवन स्वास्थ्य कार्यालयका डिस्ट्रिक ल्याब सुपरभाइजरसमेत रहेका न्यौपाने भने, ‘पीडा सहेर पनि काममा खटिरहेको छु।’

मोटरसाइकल पल्टिएर घाइते भएका एक जना दुई दिनअघि काममा फर्किएका छन्। अर्का घुँडामा चोट ठूलो भएका कारण काममा आउन सकेका छैनन्। उनको घुँडामा नौवटा टाँका लगाइएको छ ।

लिगामेन्ट फ्याक्चर भएपछि शरीरलाई आरामको बढी आवश्यक पर्छ। सुरुमा आराम गरिएन भने पछिसम्म असर पर्ने चिकित्सकहरू बताउँछन्।

अहिले थपिएकासहित टोक्नोलोजिष्ट र टेक्निसियन नौ जना, माइक्रोबायोलोजिस्ट चिकित्सक, सुरक्षा गार्ड र सफाई कर्मचारी एक/एक जना गरी १२ जनाको जनशक्ति रहेको छ।

विशेषगरी लिगामेन्टमा फ्याक्टर भएपछि खुट्टा झुन्ड्याउन हुँदैन। तर, १५घण्टासम्म उभिएर काम गर्नु परेको उनी बताउँछन्।
‘चिकित्सकले खुट्टा सिरानीमा राखेर आराम गर्नु भन्नुभएको छ।

तर, हामीले घण्टौंसम्म उभिएर काम गर्नुपर्छ,’ मनमा आत्मविश्वास बढाउँदै उनले भने, ‘महामारीको समयमा चोटलाई भुलेर काम गरिरहेका छौं।’ बिहानदेखि रातिसम्म उभिएर काम गर्नुपर्दा खुट्टा सुनिने गरेको उनले सुनाए।

गर्मीमा बिहानदेखि पीपीई लगाएर बस्दा समस्यासमेत हुने गरेको छ।

उनले प्रयोगशालामा भएको जनशक्तिको अवस्थालाई बुझेर अस्पताल प्रशासनलाई आफ्नो स्वास्थ्यको विषयमा औपचारीक जानकारी गराएका छैनन्।

यस्तो अवस्थामा काम गरे पनि केही मिडियामा नकारात्मक सन्देश जाँदा दुःख लाग्ने उनको गुनासो छ।

भरतपुर अस्पताल मातहत रहेको कोभिड–१९ प्रयोगशालामा हिजोआज दैनिक ५ सयको हाराहारीमा स्वाब आउने गरेको छ। तर, जनशक्ति कम हुँदा समस्या १५ घण्टासम्म एउटै प्राविधिक भिड्नुपर्ने अवस्था छ।

पीसीआर परीक्षण गराउने मानिसहरू बढेपछि अस्पतालले दुई दिनअघि तीन जना ल्याब टेक्निसियन थप गरेको छ। तर, एक जना सेवा सुविधा नभएको भन्दै काममा नआउने जानकारी गराएको उनले बताए।

सुरुवाती चरणमा प्रयोगशालामा ५०को हाराहारीमा पीसीआर परीक्षण हुँदै आएको थियो। पछि विस्तारै बढ्दै गएर अहिले पाँच सयको हाराहारीमा हुने गरेको छ।

अहिले थपिएकासहित टोक्नोलोजिष्ट र टेक्निसियन नौ जना, माइक्रोबायोलोजिस्ट चिकित्सक, सुरक्षा गार्ड र सफाई कर्मचारी एक/एक जना गरी १२ जनाको जनशक्ति रहेको छ। परीक्षण गर्ने समयमा पनि उत्तिकै सावधानी अपनाइने गरिएको उनले बताए।

सका लागि एक सिफ्टमा ८ जना आवश्यक पर्छ। कोरोना परीक्षण गर्नका लागि मात्र एक्लैले सम्भव हुँदैन।

एक जना स्प्रे गर्ने, ढोका खोल्ने मान्छे चाहिन्छ। काम सकिएपछि पीपीई सेट डस्बिनमा राख्नुपर्छ। फाहोरहरू संकलन गर्ने व्यक्ति हुनुपर्छ ल्याबभित्र गएको व्यक्तिले सोझै अन्य वस्तु छुँदा सर्ने सम्भावना बढी हुन्छ।

भरतपुर अस्पतालले चौविसैं घण्टा प्रयोगशाला सञ्चालनमा ल्याउने बताएको छ। तर, अहिलेको जनशक्तिले चौविसै घण्टा सञ्चालन गर्न कठिन हुने प्रयोगशालामा काम गर्न ल्याब टेक्नोलोजिस्टहरू बताउँछन्।

अहिले सानो टिम भए पनि तीन समूहमा विभाजित भएर उनीहरूले काम गरिरहेका छन्।

चैत्र २४ गतेबाट सञ्चालित यो ल्याबले सोमबार बिहानसम्म १५ हजार बढी परीक्षण गरेको छ। त्यसमा ४ सय ९५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

यहाँ १४ जिल्लाबाट स्वाब आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय