पाटन र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। भक्तपुर सूर्यबिनायक निवासी ६१ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

उनी साउन २१ गते अस्पतालमा भर्ना भएकी थिइन्।

त्यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

मोरङको बुढीगंगा २ की ६७ बर्षीया महिलाको उपचारको क्रममा मंगलबार साँझ निधन भएको प्रतिष्ठानले जनाएको छ। प्रवक्ता डा।निदेश सापकोटाका अनुसार विराट मेडिकल कलेज विराटनगरबाट ती महिला रिफर भई प्रतिष्ठान आएकी थिइन्।

उनलाई साउन २५ गतेदेखि अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्वरो पनि आएको थियो। साथै, मुटुको पनि उनको उपचार भइरहेको प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले जानकारी दिए।

संक्रमित महिला भदौ २ गते९मंगलबार० बिहान २ बजे प्रतिष्ठानमा भर्ना भएका थिए। मृतकको शवको व्यवस्थापन प्रोटोकल अुनसार भइरहेको पनि उनले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय