राष्ट्रकवि माधव घिमिरेको निधन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ २ गते १८:३९

राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । घिमिरेकी छोरी डा. किरण रेग्मीका अनुसार साँझ ५.५५ मा लैनचोरस्थित निवासमै उनको निधन भएको हो । उनको जन्म १९७६ साल असोज ७ गते लम्जुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो ।

सय वर्ष पार गरिसकेका घिमिरे २०७५ बैशाखतिर आन्द्रभित्र रक्तश्राबको समस्या भएपछि गम्भीर बिरामी परेका थिए ।

उनलाई उपचारकका लागि दुईपटकसम्म भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल पुर्याइएको थियो । पछि स्वास्थ्यमा सुधार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय