निदान अस्पतालका ८ नर्ससहित १३ जनामा कोरोना संक्रमण

पुल्चोकस्थित निदान अस्पतालका १२ जना नर्स/कर्मचारीमा कोरोना देखिएको छ । सोमबार २० जनाको नमूना पठाएको मध्ये १२ जनाको पोजेटिभ देखिएको अस्पतालका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए ।

संक्रमित मध्ये ८ जना नर्स, २ सुरक्षा गार्ड र अन्य हाउसकिपिङका कर्मचारी रहेको श्रेष्ठले बताए ।

श्रेष्ठका आधारमा यसअघि संक्रमित देखिएका २ जनाको कन्ट्याक ट्रेसिङ र टेष्टिङ गर्दा थप १२ मा संक्रमण देखिएको हो । निदान मिर्गौला उपचारसहित अन्य जनरल उपचारमा प्रचलित अस्पताल हो ।

श्रेष्ठका अनुसार संक्रमितमध्ये कसैलाई पनि लक्षण नभएकोले उनीहरुलाई अस्पतालकै आइसोलेसन वार्डमा भर्ना गरिएको छ । ‘अब थप जनशक्तिको पनि परीक्षण गर्छौ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय