ड्युटी व्यवस्थापन कमजोरी चिकित्सक/स्वास्थ्यकर्मी संक्रमणको प्रमुख कारण, देशभर २६२ संक्रमित

संक्रमण र गम्भीर संक्रमितको संख्यामा बृद्धिसँगै अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमा पनि संक्रमणको दर बढ्दै गएको छ ।सर्वसाधारण विरामीहरुको साथै स्वास्थ्यकर्मीहरु र चिकित्सकमा पनि कोरोना संक्रमित बढ्दै गएको छ ।

संक्रमण दर बढि भएका अस्पताल वा क्षेत्रका चिकित्सकहरुले स्वास्थ्यकर्मीलाई साप्ताहिक सिफ्ट बनाएर काम नगर्नु, विश्व स्वास्थ्य संगठनको प्रोटोकलको पालनामा संस्था वा व्यक्तिबाट हुनसक्ने कम्जोरी र बिरामीसँगको एम्पोजरमा आवश्यक प्रयाप्त सावधानीका कारण संक्रमण बढेको टिप्पणी गरेका छन् ।

विज्ञहरुले भयवह अवस्थामा स्वास्थ्यकर्मीका मनोवल बढाउनेगरी कार्यक्रम नल्याए अस्पताल धमाधम बन्द हुने र उपचार गर्ने जनशक्तिकै अभाव हुने अवस्था आउनसक्ने चेतावनी समेत दिएका छन् ।

नेपालमा हालसम्म दुई सय ६२ जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा पुरुष एक सय ६५ छन् भने महिला ९७ जना रहेको तथ्यांकमा जनाइएको छ । सबैभन्दा बढी संक्रमित अस्पतालमा वीरगन्ज नारायणी अस्पताल रहेको जनाइएको छ ।

वीरगन्जको नारायणी अस्पतालमा ६२ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमित भएका छन् ।

जसमा ११ जना चिकित्सक, १२ जना नर्स, २० जना परामेडिक, ८ जना सहयोगी, १ जना एम्बुलेन्स चालक १ जना स्वास्थ्य प्रशासक र अन्य सरसफाई कर्मचारीहरु रहेको निवर्तमान निर्देशक डा. मदन उपाध्ययले जनाकारी गराए ।

यी सबै २ हप्ताको अवधिमा संक्रमित भएका कर्मचारी रहेको डा. उपाध्ययले बताए । अस्पतालका डाक्टर, नर्संहरु संक्रमित भएपछि अहिले अस्पतालका अरु सेवा सबै बन्द गरेको छ ।
अहिले २५ जनाको एउटा गुप्रले कोभिड १९ का विरामीहरुलाई उपचार गरिरहेको छ ।

भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिन्टेण्डेन्ट एवं अर्थोपेडिक्स सर्जन डा. कृष्ण पौडेलले विभागको पुरै सेवा आइतबारबाट बन्द भएको जानकारी दिए ।

उनीहरु २ हप्ता पछि आइसोलेसनमा बस्ने भएकाले अर्को २५ जनाको गुप्र तयार गरिराखेको पनि उनी सुनाउँछन् ।

अहिले धेरै कोराना संक्रमितहरुमा लक्षण देखिन थालेपछि उपचार गर्ने स्वास्थ्यकर्मीहरुमा पनि सर्ने क्रम बढेको उनको बुझाई छ ।

सुरुमा त कोरोनाको लक्षण देखिएको थिएन विरामीमा तर अहिले भने कोरोना संक्रमित विरामीमा लक्षण देखापर्न थालेका छन् ।

संक्रमित यस्तै गरी वढ्यो भने सबै अस्पतालहरुमा सेवा बन्द हुर्दै जाने अवस्था देखिएको छ । संक्रमण दर बढ्दै जाँदा जनशक्तिलाई आकर्षित गर्ने र मनोवल बढाउनेगरी भक्ता र वैकल्पिक व्यवस्थासमेत गर्नुपर्ने सुझाब चिकित्सकहरुको छ ।

उपचत्यकाबाहिर वीरगञ्जपछि चितवनमा पनि स्वास्थ्य जनशक्ति संक्रमण दर बढि छ । भरतपुरमा मात्रै २१ जना डाक्टर र नर्सहरु संक्रमित भएका छन् ।

भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिन्टेण्डेन्ट एवं अर्थोपेडिक्स सर्जन डा. कृष्ण पौडेलले विभागको पुरै सेवा आइतबारबाट बन्द भएको जानकारी दिए ।

डा. पौडेलले अस्पतालमा कोरोना संक्रमित विरामीलाई उपचार गर्ने सिस्टम (तरिका) नमिलेको बताए ।

‘डाक्टर नर्सहरु पालैपालो गरेर आफ्नो डिउटी गरेको भए हुन्थ्यो नि, जाने बेलामा सबै जना एकैपटक जाने अनि संक्रमित भएपछि सबै जना एकै चोटि क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था आयो’ उनले थपे ।

यस्तै तरिका कायम रहे, केही दिनमा नै धेरै अस्पतालका सेवा हुन्छ’ उनले भने ।

नेपाल नसिंङ संघकी अध्यक्ष मनकुमारी राईले अहिलेसम्म ८१ जना नर्सहरु कोरोना संक्रमित भएको बताइन् ।

साउन २७ गतेसम्म देशभर जम्मा ४४ जना नर्सहरुमा कोरोना संक्रमित भएकोमा १ हप्तामा नै दोब्बरको हाराहारीमा नर्सहरुमा कोरोना संक्रमण बढेदै गएको राईले जानकारी गराइन् ।

उनका अनुसार उपत्यका बाहिर मात्र नभई अहिले काठमाडौंका अस्पतालका नर्सहरुमा पनि कोरोना संक्रमण बढेको छ । ‘यो अवस्थाले त अस्पताल र नर्सहरु एकदम जोखिममा छ, अस्पताल मै संक्रमित भएपछि विरामी कहाँ जान्छन् ?’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय