११८ संक्रमित आइसियु र ८ भेन्टिलेटरमा, कति छन् आसियु र भेन्टिलेटरको संख्या?

देशभर कोरोना महामारी बढ्दै जाँदा गम्भीर अवस्थाका बिरामीको संख्या पनि बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर १ सय १८ जना आइसियुमा उपचार भइरहेकोमा वागमती प्रदेशमा ८ जना भेन्टिलेटरमा छन् ।

मन्त्रालयले देशभर २८ हजार २ सय ५७ संक्रमित पुगेकोमा १७ हजार ५ सय ८० जना निको भइसकेको जनाएको छ । मन्त्रालयले अहिले देशभर ९ सय ४६ आसियु बेड रहेकोमा ४९६ वटा भेन्टिलेटर रहेको जनाएको छ ।

देशभर प्रदेश १ मा ४, प्रदेश २ मा ४६, वागमतीमा ५२, गण्डकीमा ६ र प्रदेश ५ मा १० जना आइसियुमा उपचाररत छन् । जसमा वागमतीमा ८ जना भेन्टिलेटरमा छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर प्रदेश १ मा ४, प्रदेश २ मा ४६, वागमतीमा ५२, गण्डकीमा ६ र प्रदेश ५ मा १० जना आइसियुमा उपचाररत छन् । जसमा वागमतीमा ८ जना भेन्टिलेटरमा छन् ।

त्यसैगरी देशभरमा ९४६ आइसियु बेड रहेकोमा ४९६ वटा भेन्टिलेटरमा छन् । प्रदेश १ मा ४४ आइसियु १९ भेन्टिलेटर, प्रदेश २ मा ४८ आइसियु र १७ वटामा भेन्टिलेटर, प्रदेश ३ मा ६३० आइसियुमा ३६१ भेन्टिलेटर, गण्डकीमा १ सय ३७ आइसियुमा ५९ वटा भेन्टिलेटर छन् ।

त्यसैगरी प्रदेश ५ मा २९ आइसियु बेड रहेकोमा १३ वटा भेन्टिलेटर, कर्णालीमा ४० आइसियु बेडमा १७ भेन्टिलेटर र सुदूरपश्चिममा १८ वटा आइसियु बेडमा १० वटा भेन्टिलेटर छन् । डा. गौतमले केही आसियु र भेन्टिलेटर थप्ने तयारी भइरहेको समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय