एकैदिन थपिए एक हजार १६ जनामा संक्रमित

चौबिस घण्टामा एक हजार १६ जनामा संक्रमण पुष्टि भएको छ। एकैदिन संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै धेरै हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ।

मन्त्रालयका अनुसार आज थपिएकासँगै देशभर १० हजार ५६३ जना सक्रिय संक्रमित रहेको जनाएको छ।

मंगलबार पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा २०५ जना संक्रमित भेटिएका छन्। तीमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुर जिल्लामा १७ जना संक्रमित भेटिएका छन्।

पछिल्लो २४ घन्टामा ८५ जनाले संक्रमण जितेका छन्। योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १७ हजार ५८० पुगेको छ।

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय