कोरोना संक्रमित नवलपरासी कांग्रेस उपसभापति गिरीको मृत्य‍ु

नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मृत्यु भएको छ।

नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो। उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

उनको गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको आफन्तले जनाएका छन्।

बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराएका गिरीलाई थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय