पोखरामा आज ८७ वर्षे संक्रमितकाे मृत्यु, गण्डकीमा मृत्यु संख्या सात पुग्याे

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचाररत पोखरा १६ का ८७ वर्षे वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए।

ती वृद्धमा उच्च रक्तचाप, सुगर र मृर्गाैलासम्बन्धी समस्या थियो। उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि साउन ३२ मा उनी अस्पताल भर्ना भएका थिए।

क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु हुने उनी चौंथो संक्रमित हुन्। यसअघि पोखराकै एक पुरुष र स्याङ्जाका दुई पुरुषको त्यहीं मृत्यु भएको थियो।

पोखरामा गए राति पनि एक कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो। कास्की सेवा हस्पिटलमा उपचाररत तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको हो।

हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर, मुटुलगायत दीर्घरोगबाट ग्रसित उनी तीन दिन पहिले पोखरा आएकी थिइन्। मृतक महिलाकी २५ वर्षकी छोरीमा समेत कोरोना पुष्टि भएको छ।

गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। कास्कीका दुई, स्याङ्जाका दुई, बागलुङ, गोरखा र तनहुँका एक–एक संक्रमितको मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय