नेपालगन्ज मेडिकल कलेजमा उपचाररत संक्रमितको मृत्यु

बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमण भएर उपचार गराइरहेका नेपालगन्ज उपमहानगरपालिका– ५ रामनगरका ६२ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो।

सोमबार नै मृतकको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।

निमोनियाबाट ग्रसित उनी साउन २२ गते नेपाल मेडिकल कलेजमा भर्ना भएका थिए। सोमबार दिउँसोमात्रै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

याेसँगै बाँकेमा चारजना संक्रमितको मृत्यु भइसकेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय