चितवनमा थप ४६ जनामा काेराना संक्रमण पुष्टि

चितवनमा आज (मंगलबार)थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनका ४६ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी डा.नितु अधिकारीले जानकारी दिइन्।

सबैभन्दा धेरै संक्रमित राप्तीमा देखिएका छन्। राप्तीको प्रहरी क्वारेन्टिनका ४० जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमा ४० पुरुष र २ महिला छन्। उनीहरु १९ देखि ५५ बर्ष उमेर समूहका हुन्।

यस्तै भरतपुर महानगरपालिका वडा नम्वर ५,७,८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ। उनिहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको थियो।

यस्तै कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १,बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरुको भरतपुरको सेन्ट्रल अस्पताल,आशा अस्पताल र पुस्पान्जली अस्पतालबाट नमूना परीक्षणका लागि पठाइएको थियो।

सोमबार परीक्षण गरिएको ३५५ नमुना मध्य ५० वटा नमुनामा कोरोना पोजेटिभ भेटिएको थियो। आज ४६ जना संक्रमित थपिएसंगै चितवनमा कुल संक्रमितको संख्या २५५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय