कोशी अस्पतालमा एक संक्रमितको मृत्यु

कोशी अस्पतालमा एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासका अनुसार मृत्यु हुनेमा विराटनगर बस्ने ४७ वर्षीय पुरुष रहेका छन्।

उनको स्थाई घर मोरङकै कटहरी गाउँपालिका १ स्थित मधुमारा हो। खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शनिवार अस्पताल भर्ना गरिएको थियो।

भर्नालगत्तै स्वाब लिएर पिसिआर परीक्षणका लागि पठाइएको थियो। सोमबार विहान उनको कोरोना पोजेटिभ देखिएपनि साँझ ५:५० मा मृत्यु भएको दासले जानकारी बताए। चिकित्सकका अनुसार मृतकमा फोक्सो सम्बन्धि समस्याले पीडित थिए।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ११ पुगेको छ। मृतक सबै मोरङकै हुन्।

प्रदेश १ मा रहेका ४ वटा प्रयोगशालाहरू कोशी अस्पताल, प्रदेश प्रयोगशाला विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अञ्चल अस्पतालबाट पिसिआर परीक्षण हुँदै आएको छ।

सोमवार साँझ सम्म ६७ हजार १ सय ७८ पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २ हजार ९२ मा कोरोना संक्रमण देखिएको छ। तिमध्ये १ हजार ९९ जना कोरोनामुक्त भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय