सोमबार ५ सय ८१ जनामा कोरोना, मृत्यु संख्या १०७

पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ जना पुगेको बताए।

सोमबार थप १६० जना कोरोना संक्रमणमुक्त भएका छन। योसहित नेपालमा हालसम्म १७ हजार ४ सय ९५ उपचारपछि निको भएका छन।

आज २ हजार ६ सय १ जना होम आइसोलेसनमा रहेका छन्।

देशभर ९ हजार ६ सय ४९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म १०७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय