उपत्यकामा थप १६८ जनामा कोरोना, संक्रमित संख्या २ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १३९ , ललितपुरमा १५ , भक्तपुरमा १४  जनामा संक्रमण भएको बताए।

आज थपिएका सँगै काठमाडौं उपत्यकामा २ हजार १ सय ३८ संक्रमित संख्या पुगेको छ। काठमाडौंमा १ हजार ७ सय ८ , ललितपुरमा २ सय ८२ र भक्तपुरमा १ सय ४८ संक्रमित पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय