जनकपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

जनकपुरमा कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ। प्रादेशिक अस्पताल जनकपुरको कोभिड अस्पतालको आइसोलेसनमा उपचार भइरहेका ६५ वर्षीय एक वृद्धको सोमबार मृत्यु भएको हो।

मृतक धनुषाको धनौजी गाउँपालिका–३ बस्ने रहेको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जामुनप्रसाद सिंहले जानकारी दिएका छन्। डा.सिंहका अनुसार उनलाई साउन ३१ गते आइसोलेसनमा भर्ना गरिएको थियो।

दम रोगका बिरामी रहेका उनलाई श्वासप्रश्वासमा समस्या आउनुका साथै रुघाखोकी लागेपछि २६ गते पिसिआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो। स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएपछि आइसोलेसनमा राखेर उनको उपचार भइरहेको थियो। यसअघि आइतबार पनि उपचारका क्रममा मृत्यु भएका जनकपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।

यससँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ भने प्रदेश २ मा ४६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय