स्वास्थ्य मन्त्रालयका सवारी चालकमा पनि कोरोना, संक्रमितको संख्या ४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीका अनुसार उक्त कर्मचारी सवारी चालक हुन्।

‘पहिला संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको नमुना संकलन गरिएको थियो, डा. अधिकारीले भने,‘ आइतबार बेलुका रिर्पोट आउँदा थप एक जनामा संक्रमण पुष्टि भयो।’

एक हप्ता अगाडी मन्त्रालयका ३ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।

अहिले थपिएका सवारी चालक समेत गरेर सँगै मन्त्रालयमा ४ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय