नारायणी अस्पतालको मेसुमा डा. सञ्जय ठाकुर, उपाध्याय मन्त्रालय तानिए

नारायणी अस्पतालको मेडिकल सुपरीटेन्डेन रहेको डा. मदनकुमार उपाध्याय स्वास्थ्य मन्त्रालय तानिएका छन्।

आइतबार स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले नारायणी अस्पतालको मेसुको जिम्मेवारी डा. सञ्जय ठाकुरलाई दिएको हो। यसअघि डा. ठाकुर वीर अस्पतालमा कार्यरत रहेका थिए।

मन्त्रालयका सहसचिव रघुराम विष्टका अनुसार डा. उपाध्यायलाई मन्त्रालयमा हाल काजमा ल्याइएको छ।

केहि दिन अगाडी स्थानीय केही व्यक्तिले अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात समेत गरेका थिए। मेसु डा उपाध्यायलाई कालोमोसो लगाउने प्रयास समेत गरेका थिए ।

मन्त्रालयका सहसचिव रघुराम बिष्टले अहिलेको परिस्थितलाई मध्यनजर गरेर मन्त्रालयले सो निर्णय लिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय