यी पाँच गल्तीका कारण कोरोना नियन्त्रणमा चुक्यो सरकार

कोरोना नियन्त्रणमा सरकारका ‘स–साना’ गलत निर्णयको कारण संक्रमण बढ्दै गएको विज्ञहरुले बताइरहेका छन्। नेपालमा पहिलो पटक वुहानबाट आएका एक विद्यार्थीमा माघ ९ गते भाइरस संक्रमण पुष्टि भएको थियो।

त्यसको ८१ दिनपछि अर्थात चैत ३० मा संक्रमित संख्या १२ जना पुगे। जुन संक्रमण विदेशबाट आएको मानिसमा मात्रै देखिएको थियो। त्यसपछिका दिनबाट संक्रमण केही बढ्यो। जब भारतबाट नेपाली स्वेदश फर्किन थाले संक्रमणको विस्तारै गति–लिदैँ गयो।

बैशाखको दोस्रो सातादेखि नाकाबाट दैनिक १० हजारसम्म मानिस प्रवेश गर्न थाले। तर, सरकारले सबै मानिसलाई निगरानीमा राख्न सकेन। भारतमा संक्रमण फैलिएसँगै नेपालमा लाखौँ मानिस प्रवेश भए।

तर, सरकारले सबैलाई निगरानीमा राख्न नसकेको कारण संक्रमण बढ्नमा थप मद्दत पुगेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की बताउँछन्। ‘नाकाबाट कति भित्रिए, कति क्वारेन्टाइनमा बसे वा कतिलाई परीक्षण गरेर घर पठाइयो भन्ने सरकारसँग कुनै एकीन तथ्यांक छैन’ डा.कार्की भन्छन्, ‘क्वारेन्टाइनमा बसेका मानिसलाई परीक्षण नगरी घर पठाउँदा समुदाय स्तरमा संक्रमणको झिल्को पस्यो।’

अझै पनि नाकाबाट लुकीपछि वा आर्थिक प्रभलोनमा मानिसलाई प्रवेश नरोकिएको स्वास्थ्य सेवा विभागका पुर्वमहानिर्देशक डा. राजेन्द्र पन्त बताउँछन्।

‘नाकाबाट प्रवेश गर्न मानिसको आधिकारिक अभिलेख राखेर नुमना संकलन गरी पिसिआर रिर्पोट आएपछि होम क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गर्नुपर्थ्यो। तर, सरकारले अझै सम्म सो काम गर्न सकेन। यस्ता स–सना गल्तीले संक्रमण फैलिन थाल्यो’ डा. पन्तले थपे।

यो सरकारको पहिलो गल्ती भएको विज्ञको बुझाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते बनाएको ‘नेशनल टेष्टिङ गाइडलाइन फर कोभिड–१९’ मा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा लक्षण देखिएको छैन भने पिसिआर परीक्षण नगर्ने मापदण्ड बनायो।

सरकार तत्कालीन अवस्थामा परीक्षणको मापदण्ड बनाउँदा लक्षण नभएका लागि, आइसोलेसनमा बसेका व्यक्तिलाई पनि परीक्षण नै घर पठाउने नीति लिएकोले संक्रमण समुदायमा फैलिनको मद्दत पुगेको विज्ञहरुको बुझाई छ।

उक्त मापदण्डमा क्वारेन्टाइन अवधिमा बसेका मानिसलाई आरडिटी परीक्षण गरेर घर पठाउने नीति लियो।  असार १ गतेसम्म १ लाख ३३ हजारसम्म क्वारेन्टाइनमा रहेको सरकारको तथ्यांक छ।

त्यसै, मापदण्ड रहेर सरकारले २६ दिनपछि १ लाख ९ हजार ७३२ जना क्वारेन्टाइनबाट बाहिराएका थिए।  सरकारले तय गरेको मापदण्ड अनुसार क्वारेन्टाइनमा पुगेका मध्ये पनि सबैको परीक्षण हुन सकेन।

घरमा पुगेपछि संक्रमित भएको घटना आएपछि क्वारेन्टाइनको विषयमा सरकारले चौतर्फी रुपमा आलोचना खेप्नु परेको थियो।सुर्खेतको क्वारेन्टाइनमा एक युवामा लक्षण नदेखिएका कारण आरडिटी परीक्षण नेगेटिभ आएको भन्दै घर पठाइएको थियो।  तर, उनको मृत्युपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखियो।

यो प्रतिनिधि घटना मात्र हो। यस अवधिमा सरकारले क्वारेन्टाइनमा रहेका सबैको परीक्षण नगर्दा संक्रमण घर–घरमा पुग्यो।   सरकारले परीक्षणको दोस्रो गल्ती गाइडलाइन बनाउँदा गरेको उनले डा. कार्की टिप्पणी गर्छन्।

सरकार तत्कालीन अवस्थामा परीक्षणको मापदण्ड बनाउँदा लक्षण नभएका लागि, आइसोलेसनमा बसेका व्यक्तिलाई पनि परीक्षण नै घर पठाउने नीति लिएकोले संक्रमण समुदायमा फैलिनको मद्दत पुगेको विज्ञहरुको बुझाई छ।

सरकारले महामारीको नजरअन्दाज नै नगरी लकडाउन खुल्ला गर्नु तेस्रो गल्ती भएको डा.कार्कीको बताउँछन्।  ७ साउनदेखि सरकारले लकडाउन खुल्ला गर्यो। लकडाउनको अवधिमा संक्रमणले घट्दो क्रममा नै रहेको तथ्यांकले देखाउँछ।

साउन ७ हेर्ने हो भने सय जनामा संक्रमण थियो। जुन दिनसम्म १८ हजार ९४ जनामा संक्रमण पुष्टि भएको थियो।  सरकारले लकडाउन खुल्ला गरेसँगै मानिसहरुको आहोर–दोहोर बढ्न गयो। नाकाबाट हजारौँ मानिस आवाज–जावत गरे। जसले संक्रमणको झिल्लोमा ध्यू थप्ने काम गर्यो।

रोग्र ग्रस्त ठाउँबाट मानिसहरु भित्रिए सँगै काठमाडौं उपत्यका ‘हटस्पट’ बन्न पुग्यो।

‘लकडाउन खुलेसँगै धेरै तराईमा रहेका मजदुर वर्ग  काठमाडौं  उपत्यका भित्रिए। तर, सरकारले आधिकारिक रुपमा मजदुरलाई ल्याउन सकेको भए। यो अवस्था आउने थिएन’ डा. पन्तको दावी छ।

लकडाउन खुल्ला हुनुभन्दा अगाडी दैनिक सयको हाराहारीमा रहेकोे संक्रमण संख्या हाल ६ सय भन्दा बढीमा देखिन थालेको छ। लकडाउन खुलेयता ८ हजार भन्दा बढी संक्रमित थपिएका छन्।

लकडाउन खुला भएपछि संक्रमण बढ्ने सबै सरकारी अधिकारी अवगत नै रहेका थिए।‘लकडाउन भनेको उपचार होइन, आउन सक्ने संक्रमणलाई पर सार्ने मात्र हो। तर, लकडाउनको समयअवधिमा सरकारले कुनै तयारी गरेनन्’ डा. कार्कीले भने ।

संक्रमण सुरु हुनुभन्दा अगाडी नेपालमा १ हजार ५ सय ५१ आइसियु बेड र ७७० भेन्टिलेटर रहेका थिए। संक्रमण बढ्दै गएपछि सरकारले कोरोना संक्रमितका लागि भन्दै आइसियु र भेन्टिलेटर केही संख्यामा थपेको छ।

‘कोरोना भाइरस मार्ने औषधि नभए पनि यसले पुर्याउने असर रोक्ने उपाय पहिला नै हामीलाई थाहा थियो। विश्वमा आइसियु, भेन्टिलेटर वा बेडमा नपाएर मृत्यु भएको घटनाले हामीले त्यो खालको तयारी गर्नुपर्ने हुन्थ्यो’, डा.पन्त भन्छन्, ‘८ हजार सक्रिय केस हुँदा आइसोलेसन वार्डहरु भरिएका छन्। यसबाटै प्रष्ट हुन्छ नि सरकारको केही तयारी छैन।’

हालसम्म १५१ आइसियु बेड र १३० भेन्टिलेटर थप गरिएको मन्त्रालयको तथ्यांक छ। तर, यी उपकरण सामाग्री दातृ निकायबाट पाएको सहयोग हो।

‘कोरोना भाइरस मार्ने औषधि नभए पनि यसले पुर्याउने असर रोक्ने उपाय पहिला नै हामीलाई थाहा थियो। विश्वमा आइसियु, भेन्टिलेटर वा बेडमा नपाएर मृत्यु भएको घटनाले हामीले त्यो खालको तयारी गर्नुपर्ने हुन्थ्यो’, डा.पन्त भन्छन्, ‘८ हजार सक्रिय केस हुँदा आइसोलेसन वार्डहरु भरिएका छन्। यसबाटै प्रष्ट हुन्छ नि सरकारको केही तयारी छैन।’

यसबीचमा संक्रमण बढ्ने नजरअन्दाज गर्दै सरकार आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट, बेड, जनशक्तिलाई तालिम दिने जस्ता विषयमा पुरै तयारीमा जुट्नु पर्नेमा त्यो गर्न नसकेको र सरकारको जुन चौथो गल्ती भएको डा. कार्की बताउँछन्।

‘संक्रमण दिन–दिनै चुलिँदै गएको छ। अस्पतालमा बेड नपाएर संक्रमित मानिस रोइकराई गरिरहेका छन्’, डा. कार्की भन्छन्, ‘तर, सरकार मुकदर्शक भएर ‘होम आइसोलेसन’मा बस्नु भनेर निर्देशन दिइरहेको छ।’

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २६ हजार ६ सय ६० जनालाई संक्रमण भइसकेको छ। संक्रमणको दर पछिल्लो समय बढ्दो क्रममा रहेको छ।

पछिल्ला दिनमा लक्षण भएका संक्रमितको संख्या बढिरहेको छ। आइसियु भेन्टिलेटर, आइसोलेसन बेड भरिभाउ छन्। स्वास्थ्यकर्मी संक्रमण हुँदा दक्ष जनशक्ति अभाव भइरहेको छ।

‘यी सबै सरकारले गरेको स–सना गल्तीको परिणाम हो, सरकार कोरोना नियन्त्रणमा चुकेको छ’ डा. कार्की भन्छन्।  भाइरससँग जोगिनको लागि मास्क लगाउने, बारम्बार हात धुने र सामाजिक दुरी कायम गर्ने जस्ता जनचेतनालाई अझै व्यापक बनाउनुपर्दछ।

‘जनस्वास्थ्य हिसाबमा हेर्दा सर्वसाधारणले पालना गरेनन् भनेर दोष लगाउन पाइँदैन’, डा पन्त भन्छन्, ‘सर्वसाधारणलाई बुझाउन सरकारको दायित्व हो।’

One thought on “यी पाँच गल्तीका कारण कोरोना नियन्त्रणमा चुक्यो सरकार

  1. सहि बिष्लेशन । अबको way forward के हो ।यमा तत्काल ध्यान सरकार र सम्बन्धित ले ध्यान दिएमा अझै धेरैलाई बचाउन सकने छ । soda water effortले काम सफल हुने छैन ।साधन र श्रोतलाई ध्यानमा राखि प्राथमिकताको आधारमा चरणबध्द हिसाबले थोरै गरौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय