कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित भारत, एकै दिन ९ सय ६१को मृत्यु, ५८ हजार संक्रमित

विश्वव्यापी कोरोना भाइरसको महामारीबाट भारत सबैभन्दा प्रभावित हुन थालेको छ।

बितेको चौबिस घण्टामा भाइरसको संक्रमणबाट सबैभन्दा धेरै मृत्यु र संक्रमित भारतमै थपिएका छन्।

भारतमा कोरोना भाइरसबाट एकैदिन ९ सय ६१ जनाको मृत्यु भएको छ। त्यस्तै ५८ हजार १ सय ८ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा सोमबार बिहानसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ हजार ४५ पुगेको छ भने २६ लाख ४७ हजार ३ सय १६ जना संक्रमित छन्।

अमेरिकामा बितेको एक दिनमा संक्रमणबाट ५ सय २२ जनाको मृत्यु भएको छ भने ३६ हजार ८ सय ४३ जना संक्रमित थपिएका छन्।

योसँगै अमेरिकामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७३ हजार १ सय २८ पुगेको छ भने ५५ लवाख ६६ हजार ६ सय ३२ जनामा संक्रमण  रहेको प्ुष्टि भएको छ।

ब्राजिलमा कोरोनाका कारण ५ सय ८२ जनाको मृत्यु भएको छ भने थप २२ हजार ३ सय ६५ जना संक्रमित भेटिएका छन्।

सोमबार बिहानसम्म संक्रमणबाट ब्राजिलमा १ लाख ७ हजार ८ सय ७९ जनाको मृत्यु भइसकेको छ भने ३३ लाख ४० हजार १ सय ९७ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

त्यस्तै मेक्सिकोमा एक दिनमा कोरोनाको संक्रमणबाट ५ सय ३५ जनाको गुमाएका छन् भने ६ हजार ३ सय ४५ जना नयाँ संक्रमित थपिएका छन्।

नयाँ संक्रमित थपिएसँगै मेक्सिकोमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६७ हजार ५ सय ४३ पुगेको छ भने ५ लाख १७ हजार ७ सय १४ जना संक्रमित रहेका छन्।

कोलम्बियामा बितेको चौबिस घण्टामा कोरोनाको संक्रमणबाट २ सय ८७ जनाको मृत्यु भएको छ भो ११ हजामर ६ सय ४३ जना नयाँ संक्रमित फेला परेका छन्।

अहिलेसम्म कोलम्बियामा  भाइरसबाट १५ हजार ९७ जनाको ज्यान गइसकेको छ भने ४ लाख ६८ हजार ३ सय ३२ जना संक्रमित रहेका छन्।

रुसमा बितेको चौबिस घण्टामा भाइरसको संक्रमणबाट ६८ जनाको ज्यान गएको छ भने ४ हजार ९ सय ६९ जना नयाँ संक्रमित थपिएका

छन्। यो संगै रुसमा कोरोना भाइरसका काराण्  ज्यान गुमाउनेको संख्या १५ हजार ६ सय ८५ पुगेको छ भने ९ लाख २२ हजार ८ सय ५३ जना संक्रमित रहेका छन्।

विश्वका विभिन्न देशमा गरी बितेको चौबिस घण्टामा थप  २ लाख १२ हजार १ सय ९५ जना नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ५ सय २५ जनाको मृत्यु भएको छ।

योसँगै विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको स्ंख्या ७ लाख ७२ हजार ७ सय ५१ पुगेको छ भने २ करोठ १८ लाख १७ हजार ६ सय ८२ जनाका संक्रमण रहेको पुष्टि भएसकेको छ।

संक्रमण देखिएकामध्ये १ करोड ४५ लाख ५३ हजार २ सय ५ जना निको भइसकेका छन् भने ६४ हजार ४ सय ८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय