वीरगन्जमा सेना परिचालन, निषेधाज्ञा कडा

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि वीरगन्जमा सेना परिचालन गरिएको छ। पर्सा कोरोना भाइरसको हटस्पट बन्दै गर्दा जारी निषेधाज्ञाको अवेज्ञा भइरहेकोभन्दै आज दिउँसो २ बजेदेखि वीरगन्ज नगर क्षेत्रमा सेना परिचालन गरिएको हो।

जिल्ला प्रशासन कार्यालयको कोभिड ब्यवस्थापनले यस्तो निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

सर्वसाधारण सडकमा भिडभाड गर्ने र सवारी आवातजावत बढेपछि निषेधाज्ञालाई थप बलियो बनाउन सेना परिचालन गरिएको उनको भनाइ छ।

पर्सामा दैनिक संक्रमण बढ्नुका साथै मृत्युसमेत बढिरहेकोले सुरक्षामा कडाइ गरिएको उनले बताए। अब प्रहरी र सेनाको संयुक्त गस्तीले निषेधाज्ञालाई कडा रुपमा पालना गराउने स्थानीय प्रशासनले जनाएको छ। बीरगञ्जमा साउन १० गते शनिबार बिहान ५ बजेदेखी अनिश्चितकालका लागि निषेधाज्ञा जारी छ।

कोरोना भाइरसको संक्रमण ग्रामीण इलाकामा पनि देखिन थालेपछि साउन १९ गते स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम  पर्सा जिल्लाभर  निषेधाज्ञा जारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय