स्वाब संकलनमा खटिएका चिकित्सकलाई कोरोना संक्रमण

विराटनगरमा कोरोना नियन्त्रण र व्यवस्थापमा खटिएका एक स्वास्थ्यकर्मीलाई कोरोना साक्रमण देखिएको छ। ४ दिनदेखि सामान्य रुघाखोकी र ज्वरो आएका उनमा आइतबार कोनोना संक्रमण पुष्टि भएको मेयर भीम पराजुलीले हेल्थपाेस्टलाई जानकारी दिए।

मेयर पराजुलीकाअनुसार ति चिकित्सक स्वाब संकलनमा समुदाय तहमा खटिएका थिए। उनीसहित स्वाब संकलनमा २२ चिकित्सकीय टोली विराटनगरको समुदाय समुदाय स्तरमा स्वाब संकलनमा खटिएको थियो।

स्वाब संकलनमा खटिएका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि तत्काल स्वाब संकलन रोकिएको छ। विराटनगरका विभिन्न वडामा आज पनि स्वास्थ्यकर्मीको टोली स्वाब संकलन गरिरहेको थियो। आज ति सम्पूर्ण स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट भोलीसम्ममा आउने र पर्सिदेखि निरन्तर स्वाब लिने कार्य हुने मेयर पराजुलीको भनाई छ।

पिसिआर मेसिन ल्याउने तयारीमा महानगर

आइतबार मात्र विराटनगरमा ८६ नयाँ स‍ंक्रमित थपिएपछि पिसिआर मेसिन ल्याउने तयारी थालिएको छ। प्रदेश सरकार मातहत भएका ल्याबबाट समयमा रिपोर्ट नआएको भन्दै महानगरले कोशी अस्पतालको स्वास्थ्य प्राविधिकको सहयोगमा पिसिआर मेसिन ल्याउने तयारी थालेको मेयर भीम पराजुलीको भनाइ छ।

‘जनतालाई तत्काल आवश्यक पर्ने भएको हुँदा यसको खरिदका लागि दातृ निकायसहितलाई गुहारिसकेका छौँ,’ उनले भने, ‘हाम्रो आन्तरिक केहि बजेट र बाँकि सहयोगी संस्थाको भरमा ढिलोमा १५ दिन भित्र सञ्चलानमा ल्याउने गरि प्रक्रिया बढाएका छौं।’

उक्त मेसिन कोशी अस्पतालमा राखिने छ भने तत्काल अप्रेसनको खर्चमा महानगरले समेत साझेदारी गर्नेछ। यसमा पहिलो प्राथमिकता विराटनगरका नागरिकको हुने बताइएको छ। पराजुलीकाअनुसार उक्त पिसिआर मेसिनको क्षमता दैनीक २ सय नमुना परीक्षण गर्ने रहेको छ।

५ सय २३ स‍ंक्रमित, ७ जनाको मृत्यु

हालसम्म विराटनगरमा ५ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ७ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर ५ का ७७ वर्षीय र ५७ वर्षीय पुरुष रहेका छन्। ७७ वर्षीय पुरुषको साउन १९ गते मृत्यु भएको हो ५७ वर्षीय पुरुषको साउन २८ गते मृत्यु भएको हो।

त्यस्तै साउन २१ गते विराटनगर ९ का ४५ वर्षीय पुरुष स‍ंक्रमितको मृत्यु भएको छ भने साउन २३ गते विराटनगर ९ कै ५८ वर्षीय पुरुषको ज्यान गएको छ। साउन २४ गते भने विराटनगर ९ का ६३ वर्षीय पुरुषको ज्यान गएको छ।

साउन २९ गते विराटनगर १५ का २९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण ज्यान गएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ।

त्यस्तै आइतबार विराटनगरकी एक स‍ंक्रमित महिलाको ज्यान गएको छ। उनको धरानस्थित बिपी प्रतिष्ठानमा ज्यान गएको हो। उनी विराटगनरको तीनपैनी टोलकी स्थाइ बासिन्दा हुन्।

दीर्घरोगी उनको उमेर ५० वर्ष रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेस सापकोटाले जानकारी दिए। विराटनगरका स‍ंक्रमितमध्ये ८६ व्यक्ति कोरोनामुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय