सचेत रहनुहोस,साथीभाइबाटै कोरोना सर्न सक्छ!

कोरोना संक्रमण साथीभाई–आफन्त वा चिनजान भएको व्यक्तिबाट नै सर्ने भएकोले सचेत रहन स्वास्थ्य मन्त्रालयले आम सर्वसाधरणमा अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साथीभाई, आफन्तमा कोरोना भाइरस छैन भन्ने सोचाईले ठुलो खतरा निम्ताइरहेको बताए।

‘आफ्नो साथीभाई, आफन्त र चिनजानका मानिसमा कोरोना भाइरस छैन। उनी सँग भेट गर्दा मास्क लगाउनु पर्दैन। २ मिटर दुरी कायम गर्न भन्ने सोचाई आम मानिसमा अझै छ, डा. गौतमले भने,‘ यस्तो सोचाईले ठुलो खतरा निम्ताइरहेको छ।’

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्नु आफैंमा खतराको संकेत रहेको डा. गौतमले बताए।

‘मलाई केही हुँदैन, कोरोना भनेको बाहिरबाट आउनेलाई मात्र हुने हो, वा स्वास्थ्य समस्या भएका मात्र हुन्छ। म बलियो छु। मलाई कुनै रोग छैन भन्ने सोच अझै कायम नै रहेको छ, डा. गौतमले भने,‘ भाइरसले धनि–गरिब, वृद्धा–युवा वा केटाकेटी कोही पनि छुट्याउदैन।’

बाहिरबाट सोचे जस्तो हाम्रो शरीर कोभिड भाइरस सँग जुध्न सक्ने हुन सक्ने सक्छ। त्यसकारण हामी सबै कोरोना संक्रमणको जोखिमा रहेका छौ, डा. गौतमले भने।

‘म बाहेक अरु जसलाई पनि कोरोना भाइरस हुन सक्छ भनेर शंका गर्न र व्यवहार गर्नेको सर्वसाधारणलाई आग्रह गरे।

पछिल्लो केहि दिन यता कोरोना संक्रमणको दर बढ्दो रहेको छ। आइतबार मात्रै थप ६ सय ४१ जना संक्रमित थपिएका छन्। यो सँगै नेपालामा कुल संक्रमित संख्या २६ हजार ६ सय ६० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय