कोरोना संक्रमित सय जना आइसियुमा, बागमती प्रदेश मात्रै ६ जना भेन्टिलेटरमा

हेल्थपोस्ट नेपाल

आइतबार देशभर सय जना कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले देशभर सय जनाको आइसियु र ६ जना भेन्टिलेटरमा उपचार भइरहेको बताए।

स्वास्थ्य मन्त्रालयको अनुसार प्रदेश २ मा ४१, बागमती प्रदेशमा ४७, गण्डकी प्रदेशमा १ र प्रदेश ५ मा ११ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

६ संक्रमित बागमतिको प्रदेशको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मोरङ, पर्सा, रौतहट, महोत्तरी, काठमाडौंमा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेको डा. गौतमले बताए।  सखुवासंभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमित शुन्य रहेका छन्।

मन्त्रालयका अनुसार प्रदेश १ मा १० जना, प्रदेश २ मा ४५ जना, बागमती प्रदेशमा १८ खजना , गण्डकी प्रदेशमा ६ जना , प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट १ सय ४ जनाको मृत्यु भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *