देशभर थपिए आज ६ सय ४१ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २६ हजार ६ सय ६० जना पुगेको बताए।

आइतबार थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन। योसहित नेपालमा हालसम्म १७ हजार ३३५ उपचारपछि निको भएका छन।
देशभर ९ हजार २ सय २१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय