स्वास्थ्य मन्त्रालयले भन्यो– संक्रमित उपचार गराइरहेका अस्पतालले अनुदानको लागि विवरण पठाउनु

कोरोना भाइरस (कोभिड १९) को संक्रमित उपचार गराइरहेका अस्पताललाई दुई–दिन भित्रमा विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।

संक्रमित व्यक्तिको उपचार गराइरहेका सबै अस्पताललाई अनुदान उपलब्ध गराउने लागि सरकारले विवरण मागेको हो।

स्वास्थ्य मन्त्रालयको (सचिवस्तर) साउन २३ को निर्णय अनुसार दुई भित्रमा बिरामीको अवस्था, संख्या उपलब्ध गराउनको लागि निर्देशन दिएको हो।

समयसिमा भित्र विवरण उपलब्ध नगराउने अस्पतालको हकमा कुनै कठिनाई पर्न गएमा सम्बन्धित अस्पताल नै जिम्मेवारी हुनुपर्ने जनाएको छ।

लक्षण नभएका वा सामान्य लक्षण भएका व्यक्तिलाई प्रतिदिन २ हजार,सामान्य लक्षण भएका ३ हजार ५ सय, मध्यम जटिल बिरामीको लागि ७ हजार, जटिल र त्रिटिकल बिरामीको उपचार गराए वापत अस्पतालले १५ हजार सम्म भुक्तानी पाउनेछन्।

One thought on “स्वास्थ्य मन्त्रालयले भन्यो– संक्रमित उपचार गराइरहेका अस्पतालले अनुदानको लागि विवरण पठाउनु

  1. निर्णय मिति ४/३२ हुनु पर्ने मा अन्यथा भएको हुँदा ले सच्याउने हो कि

Leave a Reply to देवी प्रसाद पौडेल Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय