एमडी/एमएस सिटमा ४० प्रतिशतले बृद्धि, आगामी शैक्षिक सत्रको लागि १०४९

चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी/एमएस) को सिट ४० प्रतिशतले वृद्धि भएको छ। चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रको  लागि ४० प्रतिशत सिट संख्या बढाएको हो।

आयोगका उच्च स्रोतको अनुसार शैक्षिक सत्र २०७६–७७ को लागि एमडि/एमएस तर्फ सरकारले १ हजार ४९ सिट छ्ट्याएको छ। जसमध्ये ४२२ सरकारी र ६ सय २७ निजि संस्थाको लागि सिट छ्ट्याएको छ।

औपचारिक रुपमा घोषणा हुन भने बाँकी रहेको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बताए। ‘आधिकारिक रुपमा सही भएको छैन, डा. गिरीले हेल्थपोस्ट कुराकानीमा भने,‘ सिट निर्धारण भने भएको छ।’

हरेक वर्ष १ हजार ३ भन्दा बढी मानिसहरु एमडी/एमएस गर्नबाट बञ्चित रहेको अवस्था सिट संख्या वृद्दि हुनु राम्रो पक्ष रहेको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्की बताउँछन्।

‘एमबिबिएस पास गरेर गरेपछि एमडी/एमएस धेरै मानिस बञ्चित हुँदै आएका थिए, डा. कार्कीले भने,‘ सिट संख्या बढेपछि एमबिबिएस र एमडि/एमएसमा बीच भएको खाडल बिस्तारै भरिँदै जान्छ कि!’

नेपालमा एमडि–एमएसको प्रर्याप्त रुपमा सिट नहुँदा धेरै मानिसहरु चीन, भारत जस्ता राष्ट्रमा बाध्य भएर अध्ययनको लागि जानु परेको डा. कार्कीले बताए।

नेपालमा एमडी/एमएसको सिट बढाउनु पर्दछ भनेर संघले १७ असारमा आयोगलाई ज्ञापन पत्र समेत बुझाएको थियो। अघिल्लो आर्थिक वर्षहरुमा ७ सयको हाराहारीमा हुने सिट संख्या अहिले बढ्न गई १ हजार ४९ हुने सिट भएको छ।

समय–समयमा फलोअप गरेकै कारण सिटसंख्या बढ्न गएको संघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय