५० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, नेपालगन्ज मेडिकल कलेजको सेवा प्रभावित

कोरोना संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका ५० जना स्वास्थ्यकर्मी क्वारेन्टाइन र आइसोलेसनमा बस्न बाध्य भएका छन।

अस्पतालमा सेवा लिन आएका केही बिरामीमा कोरोना भारइरसको संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकामध्ये केहीमा कोरोना देखिएको र केही सुरक्षाका लागि क्वारेन्टाइनमा बसेका हुन्।

नेपालगञ्ज मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले अस्पतालका ५० जना स्वास्थ्यकर्मीहरू एकै पटक आइसोलेसन र क्वारेन्टाइनमा गएपछि अस्पतालको सेवा प्रभावित बनेको बताए।

उनले संक्रमितको सम्पर्कमा आएका ४ जना चिकित्सक, तीन स्वास्थ्यकर्मी तथा १२ जना इमर्जेन्सी वार्ड, बिल काउन्टर, लेबर वार्ड र अफिस स्टाफ गरी १९ जनामा संक्रमण पुष्टि भएको बताए।

अस्पतालका सहनिर्देशक किदवाईका अनुसार पछिल्लो समय समुदायमा संक्रमण फैलिएपछि अन्य विरामीको उपचारमा पनि स्वास्थ्यकर्मीहरू खटिने भएकाले संक्रमणदर बढ्दो छ।

ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मीहरू आइसोलेसन र क्वारेन्टाइनमा बसे पनि आलोपालो गरेर अस्पतालका सबै सेवालाई सुचारु राखिएको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय