कर्मचारीमा कोरोना, उपमहानगरको सेवा बन्द

बुटवल उपमहानगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सेवालाइ बन्द गरेको छ । उपमहानगरका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेकका सेवा केही दिनलाइ बन्द गरेको उपमहानगरले सूचना जारी गरी जानकारी गराएको हो ।

उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माको हस्ताक्षर रहेको सूचनामा कोभिड विरुद्ध खटिएकै बेलामा कर्मचारीलाई समेत संक्रमण देखिएपछि सेवा वन्द गर्नुपरेको उल्लेख गरिएको छ ।

बुटवल उपमहानगर क्षेत्रभित्र १६ जनाम कोरोनाका नयाँ संक्रमित भेटिएकोमा उपमहानगरपालिकाको कार्यालयका २ जना अधिकृत र १ जना कर्मचारी गरी ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय