स्वास्थ्यकर्मीसहित वीरगन्जमा थप ४७ जनामा संक्रमण पुष्टि

वीरगन्जमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसिआर परीक्षणमा बाराका २ जना र पर्साका ४५ जना गरि ४७ जनामा संक्रमण देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा। मदन उपाध्यायले जानकारी दिए।

उनका अनुसार थपिएका संक्रमितमा ८ वर्षीय बालकदेखि ७० वर्षका वृद्धसमेत रहेका छन्। संक्रमित हुनेमा १० जना महिला र ३७ जना पुरूष रहेका हुन्।

शनिबार राति संक्रमित हुनेमा नारायणी अस्पतालकै ७ जना कर्मचारीमा रहेका छ। वीरगन्जको एक मेडिकल फर्मामा कार्यरत ६ जना कर्मचारी, नारायणी वयोध्या अस्पतालका ४ जना कर्मचारीमा संक्रमण देखिएको छ। त्यस्तै एकजना पत्रकार पनि छन्।

नारायणी अस्पतालको आइसियुमा अपचाररत एक बिरामी र एकजना मृगौलापीडितमा पनि संक्रमण देखिएको छ। त्यसैगरी वीरगन्ज महानगरपालिका विभिन्न वडाका १३ जना रहेका छन् भने पर्सा जिल्लाको पोखरिया नगरपालिकाका विभिन्न वडाका १२ जना रहेका छन्।
पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका १ जना पुरुष पनि हो। त्यसैगरी बारा जिल्ला महागढीमाई र कलैयाका एक एक जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय