विपी प्रतिष्ठानमा उपचाररत एक संक्रमितको मृत्युु

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० वर्षीया महिलाको मृत्युु भएको छ।

विगत ५ दिनदेखि अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको न्यूरो अस्प्तालमा उपचाररत विरामीको अवस्था थप जटिल बनेपछि धरान रेफर गरिएको थियो।

शनिवार राती ११ बजे अस्पताल पुुर्याइएकी एक घण्टापछि उनको मृत्युु भएको प्रतिष्ठनका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।

उनका अनुसार मृतकको फोक्सो, थाइराइड र मुटुको समस्याबाट ग्रस्त उनी दिल्लिमा नियमित स्वास्थ्य जाँच गराउँदै आएकी थिइन्। तर, लकडाउनले थप उपचार गराउन जान नपाउँदै विराटनगरमा कोरोना संक्रमण पुष्टि भएको थियो। तत्काल न्यूरो अस्पताल पुर्‌याएपनि त्यहाँका चिकित्सकल समस्या जटिल रहेको भन्दै धरान रेफर गरिदिएका थिए।

योसँगै प्रदेश १ का १० नागरिकले ज्यान गुुमाएका छन्। ति सबै मोरङ निवासी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय