भरतपुर अस्पतालका प्रमुखसहित चितवनमा तीन चिकित्सक र पाँचजना स्टाफ नर्समा कोरोना पुष्टि

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा.श्रीराम तिवारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले अस्पतालका मेसु डा.तिवारीलाई संक्रमण पुष्टि भएको जानकारी दिए।

आज (आइबार) बिहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी गराउँदै अध्यक्ष डा.अधिकारीले मेसुसहित प्रसुति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

उनले अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताए।

यसरी शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चार जनामा संक्रमण पुष्टि भएको छ।

अस्प्तालका अध्यक्ष डा.अधिकारीका अनुसार संक्रमण पुष्टि भएका चार जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताए । अस्पतालका मेसु डा.तिवारी अहिले अस्पतालकै एउटा क्याबिनमा रहेका छन्।

डा.तिवारी कोरोना संक्रमितका बिरामीको व्यवस्थापनका लागि अहोरात्र खटिदै आइरहेका थिए।

यसैबीच बिपि कोइराला क्यान्सर अस्पतालमा कार्यरत पाँच जना स्टाप नर्समा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका उपनिर्नेशक कृष्णसागर शर्माका अनुसार आकास्मिक कक्ष, सर्जिकल कक्ष र मेडिकल कक्षमा कार्यरत स्टाप नर्समा कोरोना संक्रमण पुस्टी भएको छ।

यसअघि क्यान्सर अस्पतालमा दुइ जना नर्स र तीन जना सफाई कर्मचारीमा कोरोना देखिएको थियो । हिज गरिएको परिक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय