विश्वभर २ लाख ४७ हजारबढी संक्रमित थपिए, सबैभन्दा धेरै भारतमा 

विश्वभर कोरोना भाइरसको संक्रमणबाट बितेको चौबिस घण्टामा ५ हजार १ सय ४० जनाको मृत्यु भएको।

२ लाख ४६७ हजार ४ सय २१ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ६७ हजार ९ सय ५६ पुगेको छ भने २ करोड १५ लाख ९२ हजार ६ सय संक्रमित छन्।

बितेको चौबिस घण्टामा सबैभन्दा बढी संक्रमित भारतमा थपिएका छन् भने मृत्यु अमेरिकामा भएको छ।

भारतमा एक दिनमा थप  ६३ हजार ९ सय ८६ जनामा संक्रमण रहेको पुष्टि भएको छ भने ९ सय ५० जनाकोे मृत्यु भएको छ।

भारतमा अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार ८४ जना पुगेको छ भने २५ लाख ८९ हजार २ सय ८ जना संक्रमित रहेका छन्।

अमेरिकामा संक्रमणको दर भारतभन्दा बढी भएपनि मृत्युदर भने बढी रहेको छ।

बितेको चौबिस घण्टामा अमेरिकामा संक्रमणबाट १ हजार ७१ जनाको ज्यान गएको छ भने  ५३ हजार ५ सय २३ जना नयाँ संक्रमित भेटिएका छन्।

हालसम्म अमेरिकाका कोरोनाबाट १ लाख ७२ हजार ६ सय ६ जनाको ज्यान गएको छ भने ५५ लाख २९ हजार ७ सय ८९ जनामा संक्रमण रहेको छ।

ब्राजिलमा एक दिनमा ७ सय २७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ भने ३८ हनजार ९ सय ३७ जना नयाँ संक्रमित थपिएका छन्।

ब्राजिलमा आइतबार बिहानसम्म भाइरसबाट १ लाख ७ हजार २ सय ९७ जनाको ज्यान गइसकेको छ भने ३३ लाख १७ हजार ८ सय ३२ जना संक्रमित रहेको पुष्टि भएको छ।

मेक्सिकोमा कोराना भाइरसको संक्रमणबाट एक दिनमा ६ सय १५ जनाको मृत्यु भएको छ भने ५ हजार ६ सय १८ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै मेक्सिकोमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५ हजार ९ सय ८ जना पुगेको छ भने ५ लाख ११ हजार ३ सय ६९ जना संक्रमित रहेका छन्,।

रुसमा बितेको चौबिस घण्टामा  १ सय १९ जनाको भाइरसबाट मृत्यु भएको छ भने ५ हजार ६१ जनामा थप संक्रमण भेटिएको छ।

रुसमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजार ८४ जना पुगेको छ भने ९ लाख १७ हजार ८ सय ८४ जना संक्रमित रहेका छन्।
काबि संक्रमित र मृतक अज्इ देशमा रहेका छन्।

विश्वभर रहेका कोरोना भनइरसका संक्रमितमध्ये  १ करोड ४३ लाख १५ हजार ७५ जना निको भएका छन् भने ६४ हजार ४ सय ४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय