वीरगन्जमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

वीरगन्जको नारायणी अस्पतलमा आज बिहान मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिकाको अठराहा सुगौलीका निवासी ४५ वर्षीया पुरुषको शनिबार बिहान ७ बजे तिर मृत्यु भएका थियो। उनको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए।

अचानक स्वास्थ्यमा समस्या आएपछि परिवारले उनलाई आज बिहान मात्रै नारायणी अस्पतालमा ल्याएर भर्ना गरेको थियो। उनी केहि दिनदेखि ज्वरो र खोकीले ग्रस्त रहेको थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय