स्वास्थ्य मन्त्रालयले चेतावनी : स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्दा सजाय भोग्नुपर्ला

कोरोना भाइरस (कोभिड १९) को रोकथाम, उपचारमा समंलग्न भएका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्दा कानुन बमोजिम कारबाही हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महामारीको रोकथाममा खटिएको स्वास्थ्यकर्मी संक्रमित बन्दै गएका छन्। तर, समाजमा रहेका केहि व्यक्तिले सेवाको उच्च मूल्याकंन गर्नुको साट्टो दुर्व्यवहार गरेको घटना बढिरहेको भन्दै मन्त्रालयले सो चेतावनी दिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यदि स्वास्थ्यकर्मी माथि दुर्व्यवहार घटना गरेको पाइएमा प्रचलित ऐन बमोजिम कारबार्ही हुने बताए।

गत शुक्रबार चितवनस्थित रत्ननगर अस्पतालका मेसु डा. विश्वबन्धु बगालेको निजि निवासमा पुगेर संक्रमित भन्दै केही व्यक्तिले दुरव्यवहार समेत गरेका थिए।

त्यस्तै,केहि दिन अघि नारायणी अस्पतालमा तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मी माथि कुटपिट भएको घटना समेत सार्वजानिक भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय