स्वास्थ्य मन्त्रालय भन्यो– कोरोनाको उपचारको लागि मेडिकल कलेजले ३३ प्रतिशत बेड छुट्याउनु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका मेडिकल कलेजहरुलाई कोरोना उपचारका लागि तत्काल बेड छुट्याउन निर्देशन दिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोभिड अस्पतालमा बेड अभाव हुन थालेपछि मन्त्रालयले सो निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना उपचारका लागि छुट्टै आइसोलेसन भवन वा कक्ष स्विकृतमध्ये ३३ प्रतिशत बेड छुटउन लागि मेडिकल कलेजलाई निर्देशन दिएका छन्।

हाल देशभर ८ हजार ८ सय १८ संक्रिय संक्रमित केस रहेका छन्। ५ सय भन्दा बढी संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमणबाट १ सय २ जनाले ज्यान गुमाइसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय