औषधी व्यवस्था विभागलाई स्वास्थ्य अनुसन्धान परिषदको निर्देशन- ‘रेमडिसिभिर’ औषधी तत्काल उपलब्ध गराउनु

हेल्थपाेस्ट नेपाल/काठमाडौं
प्रकाशित
२०७७ साउन ३१ गते १६:५१

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले ‘रेमडिसिभिर’ औषधी तत्काल आपूर्ति गर्न औषधी व्यवस्था विभागलाई निर्देशन दिएको छ।

शनिबार बसेको परिषदको बोर्ड बैठकले यस्तो निर्देशन दिएको हो।

कोरोना संक्रमितमा विश्वभर ‘परीक्षण’ भइरहेको यो औषधी नेपालमा छैन।

नेपालमा सरकारले नै यो औषधी ल्याउन बाटो नखोलेपछि संक्रमित आफैले भारतबाट महंगोमा औषधी ल्याइरहेका छन्।

विश्वमै तेस्रो चरणको परीक्षणमा रहेको यो औषधी कोरोना भाइरसको संक्रमणले गम्भिर भएका बिरामीलाई दिइन्छ।

केही दिनअघि औषधी व्यवस्था विभागले औषधी ल्याउनका लागि ‘आशय’ पेश गर्न सूचना निकालिसकेको छ।

‘नेपालमा पनि यो औषधी परीक्षणकै लागि ल्याउने हो। त्यसको लागि परिषदले अनुसन्धान गर्नेछ’ बैठकपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अन्जनीकुमार झाले भने।

यो औषधी नेपालमा आएपछि बिरामीको अनुमतिमा मात्रै परीक्षणका लागि दिइने छ।

अमेरिकी कम्पनी ‘गिलियड साइन्सेस’ले उत्पादन गरेको यो औषधी अहिले विश्वका करिब ५० देशले संक्रमितमा परीक्षण गरिरहेका छन्।
तेस्रो चरणको परीक्षण सफल भइसकेपछि यो औषधी पूर्णरुपमा कोरोना उपचारका लागि प्रयोग गरिनेछ।

नेपालका केही संक्रमितले यो औषधी आफ्नै खर्चमा भारतबाट मगाइरहेका छन्। यो औषधी प्रयोग गरिएका संक्रमितमा त्यसको प्रभाव पनि ‘राम्रै’ देखिएको छ।

खासगरी अफ्रिकी देशमा इबोला भाइरस संक्रमणको महामारीमा त्यसका लागि रेमडिसिभिर चलाइएको थियो।
यो एक एन्टीभाइरल औषधी हो।

अब औषधी व्यवस्था विभागले यो औषधी ल्याएपछि परीक्षणका लागि ‘इच्छुक’ संक्रमितमा रेमडिसिभिर चलाइनेछ। त्यसको खर्च सरकारले नै बेहोर्नेछ।

कोरोना उपचारको आश : ‘रेमडिसिभिर’ नेपालमा किन ढिला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय