थप ४ सय ६८ जनामा कोरोना, संक्रमणबाट १०२ जनाको मृत्यु

शनिबार देशभर थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २६ हजार १९ जना पुगेको बताए।

शनिबार थप १२४ जना उपचारपछि निको भइ डिस्चार्ज भएको भएका छन। यो सहित १७ हजार २ सय १ जना संक्रमण मुक्त भएको डा. गौतमले बताए।

मन्त्रालयका अनुसार पछिल्लो विवरण अनुसार थप ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कपिलवस्तु, पर्सा र धनुषाका १–१ जना रहेका छन्। मन्त्रालयका अनुसार कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ७ का ४० वर्षीय एक पुरुषको उपचारको क्रममा शनिबार मृत्यु भएको हो। ज्वरो, खोकी तथा श्वास प्रश्वासमा समस्या देखिएपछि उनी साउन २९ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका थिए।

उनी तीन महिना अघि भारतबाट आई क्वारेन्टाइनमा बसेको मन्त्रालयले जनाएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १२ का ६० वर्षीय पुरुषको साउन ३० गते मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या आएपछि उनी साउन २४ गते नारायणी अस्थाई कोरोना अस्पताल गण्डकमा भर्ना भएका थिए। मन्त्रालयका अनुसार उनी मधुमेह, उच्च रक्तचाप तथा पक्षघातका बिरामी समेत थिए।

त्यस्तै, धुनषा जिल्लामा पनि कोरोना संक्रमित एक पुरुषको साउन २९ गते मृत्यु भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं ४ का ५० वर्षीय पुरुषको थप उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको मन्त्रालयले जनाएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २९ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । यो सँगै नेपालमा १०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय