‘जसको उपचारमा खटिएर संक्रमित भएँ, उनीहरूबाटै अपमानित हुनुपर्यो’

डा. विश्वबन्धु बगालेले चितवनस्थित रत्ननगर अस्पताल सम्हालेको एक वर्ष पूरा भयो। उनी अस्पतालमा प्रवेश गर्दा खासै सेवा–सुविधा दिन सकेको थिएन।

मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेपछि उनले अस्पतालको मुहार नै फेरिदिएका छन्।

१५ बेडको प्राथमिक अस्पतालबाट देशको सुविधासम्पन्न सरकारी अस्पतालमा दिने सरह सेवा लिन पाइने बनाएका छन्।

अस्पताललाई सुविधासम्पन्न बनाउन डा. बगालेको ठूलो भूमिका त्यत्तिकै रहेको छ।

हाल अस्पतालमा इन्डोर सेवा, चौबिसै घण्टा फार्मेसी सेवा, मेजर अप्रेशन तथा विशेषज्ञ सेवा जस्ता धेरै सेवासुविधा सञ्चालनमा रहेका छन्। अस्पतालले ४ सयभन्दा बढी बिरामीलाई दैनिक सेवा प्रदान गर्दै आएको छ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी सँगै अग्रंपक्तिमा रहेका स्वास्थ्यकर्मीमा संक्रमण दिनदिनै बढिरहेको छ। संक्रमित भएपछि समाजले हेर्ने नजर, गर्ने व्यवहार पनि फरक बन्दै गइरहेको छ।

समुदायमा रहेका बिरामीको उपचारमा संलग्न हुँदै गर्दा डा. बगाले संक्रमित बन्न पुगे।

उनले जुन समुदायका लागि भनेर अहोरात्र खटिएर काम गर्दै आएका थिए। तर, समाजका केही व्यक्तिबाट भने दुव्यवहार सहनुपरेको छ।

डा. बगाले संक्रमित भएपछि समाजले हेर्ने दृष्टिकोण, भोगेका दुव्र्यवहार, अपमान र आफ्नो मनका पीडालाई हेल्थपोस्टसँग यसरी पोखेका छन्ः

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा फ्रन्टलाइन (अग्रपंक्ति) मा रहेर काम गर्दैगर्दा नै संक्रमित पो भएँ कि भन्ने मनमा डर भयो। त्यसैले आइतबार बिहान स्वाब परीक्षण गर्न दिएको थिएँ। श्रीमतीमा पनि रुखाखोकी लागेको हुनाले उनी र छोराले पनि सोमबार स्वाब परीक्षण गर्न दिए।

स्वाब दिइसकेपछि म घरमै होम क्वारेन्टाइनमा बस्दै आएको थिएँ। बुधबार तीन जनाकै रिपोर्ट आयो। म र श्रीमतीमा संक्रमण पोजेटिभ देखियो। सानो छोरामा नेगेटिभ आयो।

आफू संक्रमित भएपछि सामाजिक सञ्जाल वा फोनमार्फत सबैजनालाई जानकारी दिएको थिएँ।  जुन हल्ला सबैतिर नै फैलिएको थियो। शुक्रबार बिहान घरमा सुतिरहेको थिएँ। झन्डै ८ बजेको थियो। टोल सुधार समितिका अध्यक्षज्यूले फोन गर्नुभयो।

‘हामी तपाईको घरबाहिर रहेका छौं। बाहिर निस्कनुहोस्।’ म घरको बरन्डा निस्किएँ।

तल एक हूल मानिस हातमा ब्यानर लिएर बसेका थिए।  उहाँहरूले सिधै भन्नुभयो, ‘तपाईलाई कोरोना संक्रमण भएको रहेको छ। त्यसैले तपाईको घरमा कोरोना संक्रमित भनेर भनेर चिनाउनका लागि ब्यानर राख्न आएका हौं।’

केही व्यक्तिले आफ्नो व्यापार गर्ने नाममा सौजन्य राखेर ब्यानर बनाउँदै गर्दा यस्ता कार्यले अरुलाई कति पीडा दिन्छ त्यो सोच्नु पर्छ कि पर्दैन। उहाँहरू नै बिरामी पर्दा हामी चिकित्सक, नर्स, ल्याबकर्मी तथा स्वास्थ्यकर्मी संक्रमित भइरेहका छौं, तर उहाँहरूबाट यस्तो अपमानित व्यवहार खेप्नुपरेको छ। भोलिका दिन यस्तो भयो भने कस्ले उपचार गर्छन् ।

म झस्किएँ। त्यहाँ आउनेहरूको अनुहारदेखि म परिचित रहेको थिएँ। उहाँहरू समाजसेवी भनेर कहलिनुभएको थियो। ‘किन मेरो घरमा ब्यानर राख्नुपर्यो? म संक्रमित भएकै कारण सुरक्षित साथ घरमा बसेको छु। कतै निस्किएको छैन। घरमा ताला लगाएर बसेको छु,’ भनेर जवाफ फर्काएँ।

‘हैन, हामी सबैले निर्णय गरेर आएको हो । यो टाँस्ने नै कुरा भएको छ। यो ब्यानर नराखी हुँदैन भन्न थाल्नुभयो।’

उहाँहरूसँग यस्तो अवस्थामा प्रतिवाद गर्ने अवस्थामा म पनि थिइनँ। ल, ठीक छ राख्नुहोस् भनें। तर, यस्तो कामले हामी जस्ता स्वास्थ्यकर्मीको आत्मबल घटाउँछ। सामाजिक हिसाबमा विभेदमा परेजस्तो महसुस हुन्छ भनें पनि।

तपाईहरूले स्वास्थ्यकर्मीप्रति देखाएको यस्तै व्यवहारले गर्दा कतिपय कमजोर आत्मबल भएका मानिसले आत्महत्यासमेत गरेका छन्।  तर, मैले ठूलो गल्ती गरेजस्तो गरेर उहाँहरूले सजाय दिन लाग्नुभएको थियो।

उहाँहरूको एउटै अठोट थियो, मेरो घरवरिपरि ‘कोरोना संक्रमित क्षेत्र, सावधान हुनुहोला’ भन्ने ठूलो ब्यानर टाँस्नका लागि।  मैले भनेको कुराले उहाँहरूको मन छोएन। टोलमा बसेपछि समाजले भनेको कुरा मान्नुपर्छ भन्नेतर्फ उहाँहरू लाग्नुभयो।

भोलि तपाईहरूलाई समस्या पर्यो भने मैले उपचार गर्नैपर्दैन होला। कोरोना लागेको मानिसले तपाईहरूलाई के उपचार गर्नुपर्ला र ? मैले आफ्ना कुरा थपें। यति भनेपछि उहाँहरू अलि हच्किनुभयो।  मसँग मुखामुख गरेर फर्किनुभयो।

मेरो घरमा राख्न राखिएको ब्यानर अलि पर लगेर टासिँएछ। जुन मैले पछि मिडियाबाट थाहाँ पाएँ।  जसमा केही भाँडा, कपडा पसलका मानिसका नाम उल्लेख गरी सौजन्य नै भनेर लेखिएको रहेछ।  हुन त उहाँहरूले ठूलै काम गर्यौं भनेर देखाउनका लागि यस्तो गरेको हुनसक्छ।

तर, यस्तो डरलाग्दो ब्यानरले सर्वसाधारणलाई आतंकित बनाएको छ। समाजका केही असल व्यक्तिले फोनमार्फत सान्त्वना पनि दिँदै आउनुभएको छ।

‘हामीलाई यहाँ टोलको बीचमा यस्तो दृश्य भएको ब्यानर राख्दा डर पैदा भएको छ। तपाईले ठूलै अपराध गरेजस्तो गरिएको छ । तर तपाई हतोत्साहित नहुनुस्।’

समाजका केही व्यक्तिले गरेको यस कार्यले आज मलाई वास्तवमा पीडा महसुस गराएको छ। मेरो घरवरिपरि त्यो ब्यानर राखिएको भए मलाई अझै कति पीडा हुन्थ्यो होला ? मेरो सानो बच्चाको मानसिकतामा कस्तो असर पर्थ्यो होला?

केही व्यक्तिले आफ्नो व्यापार गर्ने नाममा सौजन्य राखेर ब्यानर बनाउँदै गर्दा यस्ता कार्यले अरुलाई कति पीडा दिन्छ त्यो सोच्नु पर्छ कि पर्दैन। उहाँहरू नै बिरामी पर्दा हामी चिकित्सक, नर्स, ल्याबकर्मी तथा स्वास्थ्यकर्मी संक्रमित भइरेहका छौं, तर उहाँहरूबाट यस्तो अपमानित व्यवहार खेप्नुपरेको छ। भोलिका दिन यस्तो भयो भने कस्ले उपचार गर्छन् ।

नेपाली समाजमा दुःख परेको मानिसलाई तपाईं नआत्तिनुहोस्, हामी छौं भनेर सान्त्वना दिइन्छ। दुःख परेको मानिसको घरमा गएर यो यस्तो रहेछ भनेर ट्याग लगाउने काम नेपाली समाजमा होइन। मेरो नजरमा यिनीहरू समाजका कुतत्व हुन्। यस्ता व्यक्तिको पर्दाफास हुनुपर्छ। ताकि म जस्तो अन्य स्वास्थ्यकर्मीप्रति भोलिका दिनमा यस्तो घटना नदोहोरियोस्।

म घरमा भित्रबाट ताला लगाएर बसेको छु। उहाँहरू मलाई संक्रमितको ट्याग भिराउनु हुन्छ।  उहाँहरू ऐन, कानुनलाई हातमा लिएर शासन चलाउनुहुन्छ।

यस्तो कोरोना महामारीमा आफ्नो ज्यानको माया नगरी सेवामा समर्पित स्वास्थ्यकर्मीलाई विभेद गर्न हुँदैन, मनोबल उच्च राख्नु पर्छ भन्ने भावना आउनुपर्नेमा उल्टै सामाजिक विभेद गर्नेतर्फ उत्प्रेरित भएर आउनुभएको छ।

यस्ता कार्यले समाज कताको बाटोतिर जाँदै छ भन्ने प्रश्न उब्जाएको छ।

कोरोना संक्रमण दिनदिनै बढ्दै गएको अवस्थामा स्वास्थ्यकर्मीप्रति नै यस्तो विभेदकारी व्यवहार गर्न थालेपछि भोलि उहाँ नै बिरामी पर्दा कसले हेर्ने रहेछ मेरो मनमा प्रश्न उब्जिएको छ।

यस्ता काम गर्ने व्यक्तिलाई समाज भन्न मिल्दैन। हुन त मैले सबै समाजलाई दोष लगाउन खोजेको होइन। समाजमा केही मानिस हुन्छन्।  यस्ता व्यवहार गर्न मानिसलाई छिमेकी वा समाज भन्न सकिएला? पक्कै सकिँदैन।

नेपाली समाजमा दुःख परेको मानिसलाई तपाईं नआत्तिनुहोस्, हामी छौं भनेर सान्त्वना दिइन्छ। दुःख परेको मानिसको घरमा गएर यो यस्तो रहेछ भनेर ट्याग लगाउने काम नेपाली समाजमा होइन। मेरो नजरमा यिनीहरू समाजका कुतत्व हुन्। यस्ता व्यक्तिको पर्दाफास हुनुपर्छ। ताकि म जस्तो अन्य स्वास्थ्यकर्मीप्रति भोलिका दिनमा यस्तो घटना नदोहोरियोस्।

मेरो अस्पतालको ल्याबमा काम गर्ने भाइ घर गएर बस्दा मानिसहरूले यस्तै विभेद गर्ला भनेर होटलमा गई बसेको छ। त्यस्तै काम गर्ने कार्यालय सहयोगीर्ला घरबेटीले केही नभन्दा पनि समाजका मानिसले टोलमा जान दिएन। उनी संक्रमित नै होइनन्।

अस्पतालको काम गरेको भरमा टोलमा छिर्न नदिने गतिविधि हुन थालेपछि यसले समाजलाई कतातिर लैजान्छ। हाम्रो वरिपरि कस्ता खालका मानिसहरू बस्छन् भन्ने देखाउँछ।

समाजकै लागि सेवाका लागि रातदिन खटिँदा पनि यस्ता कार्यले गर्दा के नै हुँदोरहेछ भनेर मन बिछिप्त भएको छ।

(डा. बगालेसँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित)

 

2 thoughts on “‘जसको उपचारमा खटिएर संक्रमित भएँ, उनीहरूबाटै अपमानित हुनुपर्यो’

  1. बिनासकाले बिपरित बुद्धि
    चेतनसिलता को खठेरि, अमानवीय व्यबहार को पराकाष्ठा
    पसुहरु।

  2. Public should have been helping to doctor,s family with positive suggestion rather than torcher behavior. Thanks for sure the event

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय