डा. बगालेप्रति गरिएको दुर्व्यवहारप्रति अस्पताल प्रशासनद्वारा निन्दा

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन ३१ गते १३:२९

बकुरलहर रत्ननगर अस्पतालले डाक्टर विश्वबन्धु बगालेप्रति समाज केही अगुवा व्यक्तिले गरेको दुर्व्यवहारप्रति खेद प्रकट गरेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले चिकित्सकमाथि गरिएको अमानवीय र असामाजिक क्रियाकलापले आत्मसम्मानमा ठेस पुर्याएको जनाएको छ।

डा. बगाले तथा उनकी श्रीमतीमा कोरोना संक्रमण देखिएपछि समाजका केही व्यक्तिले उनको निवासमा गएर संक्रमित क्षेत्र लेखिएको ब्यानर टाँस्न खोजेका थिए।

‘उहाँहरू सुरक्षित तरिकाले बसेको अवस्थामा समाजका बुज्रुक भनिएकाहरूको यस किसिमका लज्जास्पद कार्यप्रति अस्पताल व्यवस्थापन समिति घोर आपत्ति एवं खेद व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको सट्टा उल्टै हतोत्साहित बनाएको कार्य दुर्भाग्यपूर्ण र निन्दनीय भएको अस्पताल प्रशासनले जनाएको छ।

आगामी दिन यस्ता कार्य नदोहो¥याइ कोरोना संक्रमितको उपचारार्थमा अहोरात्र खटिएको स्वास्थ्यकर्मीले हौसला बढाउने काम गर्न अस्पताल प्रशासनले आम सर्वसाधारणमा अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय