बुटवलमा एकजना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कपिलवस्तुका ४२ बर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

तीनदिन देखि अस्पतालमा उपचार गराइरहेका ति संक्रमितको शनिबार बिहान मृत्यु भएको हो ।

उनको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। ४२ वर्षीय ती पुरुषलाई आइसीयूमा भर्ना गरिएको थियो।

डा. गौतमका अनुसार ती बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आएपनि जेनेक्स्पर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

उनको पुनः गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको छ।

यसै हप्ता पनि बुटवलको कोरोना अस्पतालमा कपिलवस्तुका दुई व्यक्तिको मृत्यु भएको थियो। त्यसमध्ये एकजना कोरोना संक्रमित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय