वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचाररत एक पुरुषको शुक्रबार राति ज्यान गएको हो।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय वृद्ध रहेका गण्डक कोभिड अस्पतालले जनाएको छ। एक हप्तादेखि उपचाररत वृद्धको शुक्रबार साँझ ७ बजे मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले बताए।

उनको अनुसार उच्च रक्तचाप, मधुमेह रोगबाट ग्रसित र पक्षाघातसमेत भएका वृद्धमा कोरोना पुष्टि भएपछि श्रावन २७ गते अस्पताल भर्ना गरिएको थियो। यससँगै कोरोनाभाइरस संक्रमणका कारण साउन महिना यता मात्रै पर्सामा २३ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय