प्रसूतिगृहका दुई चिकित्सकमा कोरोना संक्रमण

परोपकार प्रसूतिगृह थापाथलीका दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ। ऐनेस्थेसिया विभागका कार्यंरत दुई जना रेसिडेन्ट चिकित्सकमा कोरोना पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ।

पीसीआर परीक्षणका क्रममा उनीहरुको शुक्रबार रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो। तर, उनीहरुसँगै काम गरेको अन्य चिकित्सक तथा कर्मचारीको पीसीआर नै परीक्षण नगरिएकाले जोखिम बढेको अस्पतालका एक कर्मचारीले जानकारी दिए।

अस्पतालमा भीड धेरै भएका कारण प्रसूति गृहमा जोखिब बढेको अस्पतालमा कार्यरत एक चिकित्सकले बताए। ‘ओपीडीमा पनि एकदमै भीड नै छ, इमेरजेन्सीमा त झन् खुट्टा टेक्ने ठाउँसमेत हुँदैन,’ चिकित्सकले भने, ‘बाहिर जिल्लाबाट पनि रेफर बढी नै आउँछ, त्यहाँबाट आउनेको पनि कुनै टेस्ट हुन्छ हुँदैन थाहा छैन, त्यसैले यहाँ जोखिम बढेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय