काठमाडौंका ६७२ कोरोना संक्रमितको अझै कन्ट्याकट्रेसिङ छैन

पछिल्लो समय काठमाडौंमा कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ।

कोरोना संक्रमण दिनहुँ बढ्दै गएपछि सवारीसाधन प्रयोग गर्न काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरिएको छ।

आवतजावत बन्द गर्न सिमानाकामा थप कडाई गरिएको छ।

संक्रमण देखिएका टोल धमाधम सिल भइरहेका छन्।

उपत्यकालाई कोरोना महामारीबाट बचाउन भन्दै सरकारी कार्यालय केही समयका लागि बन्द गरिएका छन्।

होटल तथा रेस्टुरेन्टमा बसेर खान नपाइने र लिएर जान पानइने (टेक अवे) लागू गरिएको छ।

उपत्यकाभित्रका तीन जिल्लामध्ये काठमाडांैमा सबैभन्दा बढी जोखिम रहेको देखिएको छ।

कोरोना संक्रमितको संख्याधमाधम बढ्दै गएपछि काठमाडौं बिरगन्ज र विराटनगर जस्तै  हट स्पट बन्ने खतरा बन्ने बढ्दै गएको छ।

काठमाडौं उपत्यकामा अहिलेसम्म १ हजार ५ सय ८१ जनामा भाइरस संक्रमण रहेको पुष्टि भएको छ।

जसमा काठमाडौंमा १ हजार २ सय ८० जना, ललितपुरमा १ सय ९१ जना र भक्तपुरमा १ सय १० जना छन्।

कोरोना संक्रमणबाट उपत्यकामा नौजनाको मृत्यु भइसकेको छ।

जसमा काठमाडौंका आठ र ललितपुरका एकजना छन्। भक्तपुरमा भने अहिलेसम्म संक्रमणबाट कसैको ज्यान गएको छैन।

काठमाडौं उपत्यका जोखिममा रहेको भन्दै यातायात प्रणालीमा जोरबिजोर लागू गरी भीडभाड नियन्त्रण गर्ने प्रयास गरिएको छ भने अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गरिएको छ।

स्थानीयतहको आफ्नो कार्यविधि तथा नीतिनियम भए पनि महानगरले कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको गुनासो आइरहँदा महानगरपालिकाले भने सक्नेजति काम गरिरहेको बताइएको छ।

मुलुककै जेठो महानगरपालिका काठामाडौं कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई शंकास्पद व्यक्ति सबैलाई सरसल्लाह परामर्श दिई फर्म भराइने गरेको छ।

महानगरले कन्ट्याक्ट ट्रेसिङका लागि विभिन्न टोलीको निर्माण गरी संक्रमित भेटिएका स्थानमा पठाउने गरेको छ,’ महानगरका स्वास्थ्य सेवा विभाग प्रमुख नरेन्द्र विलास वज्राचार्य भन्छन्, ‘कोरोना संक्रमण पुष्टि भएका सबैको कन्टाकट टे«सिङ गर्ने प्रयास गरिरहेका छौं।’

काठमाडौं महानगरपालिकाले अहिलेसम्म ६ सय ८ जनाको कन्ट्याक्ट टे«सिङ गरेको जानकारी दिएको छ।

काठमाडौं महानगरभित्र १ हजार २ सय ८० जनामा कोरोना संक्रमण रहेको पुष्टि भए पनि अहिलेसम्म ६ सय ८ जनाको मात्रै कन्ट्याक्ट टे«सिङ भएको छ।

बाँकी ६ सय ७२ जनाको ट्रेसिङ भएको छैन।

बाँकीको कन्ट्याक्ट टे«सिङमा किन ढिलाइ भन्ने प्रश्नमा वज्र्राचार्यले ‘गरिरहेका छौं’ भन्ने जवाफदिए।

महानगरले संक्रमित भेएिको स्थानमा तीन–तीनजनाको टोली बनाएर कन्ट्याक्ट टे«सिङमा खटाउने गरेको उनले जानकारी दिए।

संक्रमित भेटिएका स्थानमा तीन–तीनजनाको टोली बनाएर परिचालन गरिरहेका छौं,’ उनीहरूले संक्रमितको कन्ट्याक्ट टे«सिङ गर्नुका साथै शंकास्पद व्यक्तिलाई सरसल्लाह र परामर्श दिने काम गर्छन,’स्वास्थ्यप्रमुखले भने।

महानगरले कन्टयाक्ट टे«सिङका लागि पाँच टोली परिचालन गरेको छ। प्रत्येक टोलीमा तीन–तीनजना स्वास्थ्यकर्मी हुन्छन्।

महामानगरले शंका लागेका व्यक्तिको फर्म भर्ने, सम्भावितको सुची तयार गर्ने र फोनबाट समेत जानकारी दिने गरेको छ।

‘शंकास्पद व्यक्तिको लक्षणका आधारमा फरक–फरक दुई फारम भरी उनीहरूलाई सरसल्लाह वा परामर्श गरी सुरक्षित तरिकाले घरमै बस्न अनुरोध गर्ने र एक हप्तासम्म लक्षण ठिक नभए सरसल्लाह गरी अस्पताल लैजाने व्यवस्था गर्ने उनी बताउँछन्।

कोरोना संक्रमण पुष्टि भएका प्रत्येक टोल तथा वडामा कन्ट्याक्ट टे«सिङ तथा शंकास्पद व्यक्तिबारे जानकारी लिनका लागि स्वास्थ्य टोली परिचालन भएरहेको  महानगरले जानकारी दिएको छ।

कन्ट्याक्ट टे«सिङमा ढिलाइ भएको र प्रभावकारी नभएको भन्दादमहानगरका प्रवक्ता ईश्वरमान डंगोलले महानगरले प्रयास गरिरहेको भन्दै छिट्टै सबैको टे«सिङ गर्ने बताए।

प्रवक्ता डंगोलले महानगरले कन्ट्याक्ट टे«सिङमा ढिलाइ गरेको स्वीकार गरे।

‘अहिले सबैतिर कोरोना भाइरस संक्रमणको चाप बढी भएकाले केहि ढिलाइ भएको हो,’ बाँकी रहेकाको छिट्टै कन्ट्याक्ट टे«सिङ गर्छौं,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय