मलाई कोरोना पोजेटिभ देखियो, मेरो सम्पर्कमा रहनेले स्वास्थ्य ख्याल गर्नुहोला : डा.चौधरी

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले आफूलाई कोभिड–१९ पोजेटिभ देखिएको बताएका छन्।

आफ्नो फेसबुक वालमा स्टाटस लेखेर उनले आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका छन् ।

उनले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षामा ख्याल गर्न अनुरोध गरेका छन्। कोरोना भाइरस पोजेटिभ देखिएपछि उनी संचारमाध्यमसँग सम्पर्कमा आएका थिएनन्।

बिहीबार मन्त्रालयले नियमित गर्ने कोभिड–१९ मिडिया व्रिफिङपछि उनले आफूमा कोरोना संक्रमण भएको जानकारी पाएका थिए।

उनले भनेका छन्, ‘आशा तथा विश्वास छ दुई सातापछि पुनः यहाँहरूको बीचमा हुनेछु।

सामाजिक मन्त्रालयले उनको अनुपस्थितिमा स्वास्थ्य महाशाखाकै डा.पुष्पराज पौडेललाई मिडिया व्रिफिङको जिम्मेवारी दिइसकेको छ।

डा. चौधरीको फेसबुक वाल जस्ताको तस्तै

जानकारी सम्बन्धमा

प्रदेश सरकारप्रदेश नं ५सामाजिक बिकाश मन्त्रालयको स्थापनाकाल देखि नै स्वास्थ्य महाशाखाको प्रमुख तथा COVID-19 ब्यवस्थापनको प्रदेश स्तरिय सम्पर्क ब्यक्ती र मन्त्रालयको तर्फबाट COVID-19 को नियमित Media briefing संचालन गर्दै आइ रहेको र सेवा प्रवाह गर्ने सिलसिलामा नै COVID-19 रोगको RT-PCR परिक्षण गराउदा COVID-19 पोजिटभ देखिएको छ ।

हाल म HOME ISOLATION को रुपमा बसेको हुदा दइ हप्ता सम्म यहांहरुको सम्पर्क भन्दा बाहिर रहने छु । मेरो स्वास्थ्यको अवस्था अहिले सामान्य छ ।

यो अवधीमा कार्य प्रति मार्गदर्शन गर्नेहौसला प्रदान गर्ने मेरा मान्यवरहरुसहकर्मीहरुसाथी भाइ तथा आफन्तहरुमा हार्दिक धन्यबाद दिन चाहन्छु ।

सेवा प्रवाह गर्ने सवालमा यस बिचमा मेरो सम्पर्कमा आउने सम्पूर्ण ब्यक्तित्वहरुका आफ्नो स्वास्थ्यको सुरक्षालाइ महत्व दिनु हुनेछ भन्नेमा म बिश्वस्त छु ।

अन्तमाआशा तथा बिश्वास छ दुइ हप्ता पछि पुन: सक्रियरुपमा यहांहरुको बिचमा हुने छु ।

धन्यबाद ।

डा. उमाशंकर प्रसाद चौधरी

वरिष्ठ स्वास्थ्य प्रशासक

सामाजिक विकास मन्त्रालयबुटवल।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय