बाँके र बर्दियामा थप २३ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा बाँकेमा शुक्रबार ११ सहित २३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना भाइरसका संक्रमित पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा सात सय नमूना परीक्षण गर्दा बाँकेका ११ र बर्दियाका १२ जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

योसहित बाँकेमा संक्रमित संख्या ६ सय ९६ पुगेको छ। तीमध्ये अहिलेसम्म ४ सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ। बर्दियामा शुक्रबार १२ जना थपिएसँगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ। बर्दियामा २ सय ३२ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय