सरकारले भन्यो– निजी अस्पतालले संक्रमितको उपचार गर्नु, रिफर गर्नु परे मन्त्रालयलाई सोध्नु

सरकारले अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएमा सोही अस्पतालमा उपचार गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले कुनै पनि अस्पतालले संक्रमण पुष्टि भयो भन्दैमा रिफर नगर्नेको लागि आग्रह गरे।

काठमाडौं उपत्यका लगायत धनाबस्ती शहरमा संक्रमण फैलिँदै जाँदा अस्पतालमा बेड अभाव भइरहेको डा. गौतमले बताए।

काठमाडौं उपत्यका लगायतका केहि अस्पतालमा बेड अभाव हुँदै गएको छ। यसैले निजि अस्पतालमा २० प्रतिशत बेड कोरोना संक्रमितको लागि छुटयउन भनिएको हो, डा. गौतमले भने।

‘अस्पतालमा भर्ना भएका व्यक्तिमा संक्रमण पुष्टि भएमा थप उपचार सोही अस्पतालले गर्नुपर्ने छ, डा. गौतमले भने,‘ रिफर नै गर्नुपर्ने अवस्था आएमा हब अस्पतालमा वा स्वास्थ्य मन्त्रालयको निर्देशन भएपश्चात मात्र गर्नुहोला।’

शुक्रबार देशभर ५ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै नेपालमा संक्रमित संख्या २५ हजार ५ सय ५१ पुगेको छ।  मन्त्रालयको अनुसार आज ७ हजार ९ सय १३ संक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमणको कारणले ९९ जनाको मृत्यु समेत भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय