काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना, संक्रमित संख्या १७ सय पुग्यो

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा ८३, ललितपुरमा ३०, भक्तपुरमा ६ जनामा संक्रमण भएको बताए।

आज थपिएका सँगै काठमाडौं उपत्यकामा १ हजार ७ सय संक्रमित संख्या पुगेको छ। काठमाडौंमा १३६३, ललितपुरमा २२१ र भक्तपुरमा ११६ संक्रमित पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।

देशभर ५ सय ९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज थपिएका सहित नेपालमा कुल संक्रमित २५ हजार ५ सय ५१ पुगेको छ।
हालसम्म कोरोना संक्रमणबाट ९९ जना मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय