थप ५१४ जनामा कोरोना, संक्रमणबाट ९९ जनाको मृत्यु
शुक्रबार देशभर ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको बताए।
आज ७ हजार ९ सय १३ जना आइसोलेसनमा रहेका छन । शुक्रबार थप २४० जना उपचारपछि निको भइ डिस्चार्ज भएको भएका छन। यो सहित १७ हजार ७७ जना संक्रमण मुक्त भएको डा. गौतमले बताए। जुन कुल संक्रमित मध्ये ६६.८ प्रतिशत निको भएका छन।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा १४हजार ६ सय ३८ जना रहेका छन। कोरोना संक्रमणको कारणले हालसम्म ९९ जनाको मृत्यु भएको छ।